जिम्मेवारीमा रहेका सबै नेतालाइ वडा केन्द्रित हुन नेकपा एमाले कर्णाली प्रदेश ईन्चार्ज गाेरख बाेगटीले निर्देशन दिनु भएकाे छ ।
पालिकाको बैठकमा सहभागि हुन डोल्पा पुगेका (नेकपा) एमाले स्थायी कमिटी सदस्य एवम कर्णाली प्रदेश ईन्चार्ज गोरख बहादुर बोगटीले डोल्पाका सवै नेतालाइ वडा केन्द्रित हुन निर्देशन दिनु भएकाे हाे ।
शनिवार त्रिपुरा सुन्दरी नगरपालिका र आईतवार ठुलीभेरी नगरपालिकाको पूर्ण बैठकमा सहभागि बोगटीले (नेकपा) एमाले केन्द्रीय निर्देशन र पार्टिको ३ महिने वडा केन्द्रीत अभियानमा जिम्मेवारि पाएका सबै नेताहरु जिल्लामा आएर वडा केन्द्रित अभियानमा जुट्न निर्देशन दिनु भएकाे हाे
(नेकपा) एमाले पार्टी बिचार र सिद्धान्त बोकेको लोकप्रिय र जनताको पार्टी हो (नेकपा) एमालेले अरु पार्टीलाइ बिधि र पद्धती सिकाउदै आएको पार्टी भएकाले यो पार्टीमा लागेका नेता र कार्यकर्ता जनताप्रति जवाफदेही हुनुपर्छ नेता बोगटीले भन्नू भयाे ।
पार्टीले दिएको निर्देशन नमान्ने सच्चा कम्युनिष्ट नहुने र त्यो (नेकपा) एमालेको आस्थावान नै नहुने बताउदै अव डोल्पामा रहेका सवै नेताहरुले गम्भिरताका साथ पार्टि वलियो बनाउन र जनताको घर दैलो सम्म पुगेर (नेकपा) एमालेका वारेमा बुझाउन लाग्नु पर्ने समेत बताउनु भयाे।
केन्द्र पार्टीले गरेको निर्देशन र दिएको जिम्मेवारी पुरा नगरी शहरमै वसि रहेका नेता र भातृसंगठनका प्रमुखहरुलाइ प्रदेशले नियाली रहेको र अब कामका आधारमा पार्टीले जिम्मेवारी दिने ईन्चार्ज वोगटीले बताउनु भयाे ।
यति बेला (नेकपा) एमाले सरकारमा छ तर हरेक क्षेत्रवाट पार्टीलाइ घेराबन्दीमा पारि रहेकोले ति त्यास्ता गलत प्रचार गरी पार्टीलाइ गलत भाष्य लगाउनेका बिरुद्ध एकजुट भएर लाग्न समेत नेता तथा कार्यकर्तालाइ निर्देशन दिए । पार्टीलाइ सबैले एकढिक्का बनाएर लैजानेमा लाग्न (नेकपा) एमाले डोल्पाका अध्यक्ष लंक बहादुर रोकायले सवैलाइ आग्रह गर्नु भयाे ।
जनताको घरघरमा पुगेर (नेकपा) एमालेका बारेमा बुझाउने र पार्टीले तय गरेको ३ महिने अभियानमा एमालेका हरेक नेता र कार्यकर्ता लाग्न (नेकपा) एमाले केन्द्रीय सदस्य एवम डोल्पा जिल्ला ईन्चार्ज बद्यमीक्वारा बोहोराले आग्रह गर्नु भयाे ।त्यसैगरी मुड्केचुला गाउँपालिकाको पालिका अधिवेशन फागुन ७ गते हुने छ भने काईके गाउँपालिकाले २३ गतेको बैठकले तोक्ने छ ।