पुर्ण कुमार/ डोल्पा न्युज
डोल्पा, असार १७
डोल्पा।पशु अस्पताल तथा पशु सेवा कार्यालय डोल्पा द्वारा उपल्लो डोल्पामा सञ्चालित कार्यक्रमहरुको सरोकारवालाहरुको सहभागितामा स्थलगत अनुगमन गरिएको छ।
कार्यालयले उपल्लो डोल्पाको डोल्पोबुद्ध र शे-फोक्सुण्डो गाउँपालिका भित्र संचालित अनुदानका कार्यक्रमको अनुगमन सम्पन्न गरेको छ ।
कार्यक्रमको प्रभावकारिता एबम् पारदर्शिता बढाउन र आर्थिक अनियमितता हटाउने उद्येश्यले जिल्ला स्थित सरोकारवालाको सहभागितामा मूल्यांकन, अनुगमन तथा अवलोकन गरिएको पशु सेवा कार्यालय डोल्पाका प्रमुख जर बहादुर भक्रिले बताएका छन्।
पशु सेवा कार्यालय मार्फत डोल्पोबुद्ध गाउँपालिकाको १ ,२ नं वडा र शे-फोक्सुण्डो गाउँपालिका ०२ कराङ स्थित ठाउँमा संचालित च्याङ्ग्रा उत्पादन कार्यक्रमको अनुगमन गरिएको छ।
कार्यालय प्रमुख भक्रिका अनुसार आर्थिक वर्ष २०८०/०८१ को कार्यालय द्वारा प्रदान गरिएको प्रत्येक एक अनुदानमा ७०% (१६ लाख ५० हजार)र ३०% (४ लाख ९५ हजार) अनुदान ग्राहिताको सहभागितामा गरेर कुल २१ लाख ४५ हजारमा च्याङ्ग्रा उत्पादन कार्यक्रम अन्तर्गत शे- फोक्सुण्डो गाउँपालिकाको वडा नं २ कराङ स्थित काराङ ग्याङजोङ च्याङ्ग्रा उत्पादन समुह, डोल्पोबुद्ध गाउँपालिकाको वडा नं ०३ ताक्सी स्थित ताक्यु च्याङ्ग्रा पालन समुह र डोल्पोबुद्ध वडा नं ०१ स्थित धो च्याङ्ग्रा पालन समुह गरेर तिनै वटा च्याङ्ग्रा पालन समूहको मूल्यांकन,अनुगमन तथा अवलोकन गरिएको हो ।
कार्यालयका प्रमुख भक्रिका अनुसार कृषक लक्षित कार्यक्रममा कार्यालय बाट प्रदान गरिएको अनुदान सम्बन्धित कृषकले सही सदुपयोग गरेका छन् कि छैनन् भन्ने जानकारी लिन र यदि काम नभई अनियमितता भएको पाइएमा कारबाहीको दायरामा ल्याउन सजिलो होस् भनेर अनुगमनलाई कडा रुपमा अगाडि बढाइएको हो।
काम सम्पन्न भएको भएको जानकारी सम्बन्धित कृषक समूह द्वारा जानकारी पछि प्राविधिक अवलोकन पश्चात सरोकारवालाहरुको सहभागितामा स्थलगत अनुगमन गराई अनुगमनको स्थलगत प्रतिवेदन र सम्बन्धित पशु प्राविधिकको प्रतिवेदन तथा सम्झौता अनुरुप कामको मूल्याङ्कनको आधारमा मात्र भुक्तानी गर्ने गरिएको पशु सेवा कार्यालय डोल्पाका प्रमुख भक्रिले बताए।
सम्झौता अनुसार प्रत्येक कृषक समुहले ८० वटा च्याङ्ग्रा र ४ वटा बोका च्याङ्ग्रा खरिद गरेका छन् । सबै कृषक समुहले छार्का देखि एउटा च्याङ्ग्राको न्युनतम मुल्य २० हजारका दरले खरिद गरेका छन् भने बोका च्याङ्ग्राको ४७ हजारको दरले खरिद गरेको पाइएको छ।
कृषकले च्याङ्ग्राउत्पादन देखि लाभ लिन सक्ने छन् । पछिल्लो समय बजारमा च्याङ्ग्राको मासु, च्याङ्ग्राको उन, च्याङ्ग्राको स्वीटर जस्ता वस्तुहरूको निर्माण गरी कृषकको आय आर्जनमा सहयोग मिल्ने छन्।
कार्यलयले आफनो अनुदानका कार्यक्रमा राम्रो गर्दै जाने कृषकलाई प्रोत्साहन रकम समेत दिने गरेको छ।
कार्यालय प्रमुख भक्रि सहित, किसान महासंघ जिल्ला इन्चार्ज राम बहादुर बुढा, कृषि कार्यालयका प्राविधिक, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि , सम्बन्धित वडाका वडा अध्यक्ष, पालिकाका पशु प्राविधिक हिमाल संज्याल , मोती बुढा सहित संचारकर्मीको अनुगमनमा सहभागिता रहेको थियो।
पछिल्लो समय डोल्पाका एकाध स्थानीय तहले उप-प्रमुख वा उपाध्यक्षको नेतृत्वमा आधा दर्जन भन्दा बढी प्राविधिक, कार्यालय सहयोगी, लिएर योजना अनुगमन गरी राजनीतिक विचार र आस्थाका आधारमा बिल भुक्तानीको सिफारिश गर्ने , अनुगमनको लागि मात्र अनुगमन गरी दैनिक भ्रमण भत्ताकै लागि आफै धामी, आफै झाक्री गरेर ब्रम्हलुट गरिरहेको गुनासोहरु आइरहेको अवस्थामा पशु सेवा कार्यालय डोल्पा द्वारा जिल्ला भित्र संचालित अनुदानका कार्यक्रमहरू को ५२ वर्षीय प्रमुख भक्री आफ्नै नेतृत्वमा जिल्ला स्थित सरोकारवालाहरुको उपस्थितिमा स्थलगत अनुगमन गरिरहेका छन्।