ताजा समाचार
डाेल्पामा अझै घरमै सुत्केरी गराउने परम्परा कायमै

पाठेघरमा सालनाल अड्केकी सुत्केरी  महिलाकाे हेलिकप्टर मार्फत उद्दार

विष्णुप्रसाद देवकोटा

गर्भवती अवस्थामा अत्याधिक रक्तश्रावले थला परेकी एक गर्भवती महिलाकाे राष्ट्रपति उद्दार काेष मार्फत उद्दार गरिएकाे छ ।त्रिपुरासुन्दरी नगरपालिका – २ रुम गाउँकि पदमि बुढाकाे उद्दार गरिएकाे हाे ।

सुत्केरि बेथाले च्यापेकाे अवस्थामा घरमै सुत्केरी गराएकी  पदमा बुढाकाे हेलिकप्टरबाट उद्दार गरिएकाे हाे ।

घरमै    सुत्केरी गराएकी बुढाकाे पेटमा जुम्लया बच्चा रहेकाेमा पाठेघरमा हात हालेर सुत्केरी गराउदा  एउटा बच्चा सफल भएपनि एउटा बच्चा मरेकाे र सालनाल पाठेघरमै अड्केकाले अत्याधिक रक्तश्राव भएकाे जिल्ला अस्पताल दुनैका चिकित्सा शाखा प्रमुख डाक्टर अखण्ड उपाध्यायले बताउनु भयाे ।

उहाँका अनुसार रक्तश्राव अत्याधिक भएर पीडामा परेकी बुढालाई जिल्लन अस्पताल दुनैमा ल्यनउदा समेत उपचारमा सम्भव नदेखिएपछि राष्ट्रपति महिला उद्दार काेष मार्फत हेलि मार्फत उद्दार गरिएकाे बताउनु भयाे ।

डाक्टर उपाध्यायका अनुसार सुत्केरी बेथाले च्यापेकाे अन्तिम अवस्थामा मात्र अस्पतालमा आउने र प्रायजसाे  घरमै सुत्केरी गराउने पचलन रहेकाले आमा र बच्चा दुबैकाे अवस्था जाेखिममा पर्ने डाक्टर उपाध्यायकाे भनाइ छ ।

त्रिपुरासुन्दरी नगरपालिका स्वास्थ शाखाले एक कार्यक्रम मार्फत सार्वजनिक गरेकाे तथ्यांकमा त्रिपुरासुन्दरी नगरपालिका वडानम्बर २ काे रसि र रुममा ४७ जना गर्भवती महिलाले घरमै सुत्केरी हुने गरेकाे पाइन्छ ।डाेल्पाकाे स्थानीय तहमध्ये सबैभन्दा सचेत वडनपालिका भनेर मानिने त्रिपुरासुन्दरी नगरपालिका – २ रुम गाउँ र रसि गाउँ निवासीले सुरक्षित सुत्केरी ब्यवस्थापनमा लाग्ने हाे कि ?।

तपाईको प्रतिक्रिया