ताजा समाचार

प्रधानमन्त्रीले अहिले राजीनामा दिनुहुन्न: सञ्चार मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताएका छन् ।सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै उनले यस्तो बताएका हुन्। उनले प्रमुख प्रतिपक्षी दलहरूले सडकबाट राजीनामा माग्दैमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताए।

उनले भने, ‘अहिले प्रधानमन्त्रीको राजीनामा आउँदैन । प्रतिपक्षी दलहरूले अहिले सडकमा बसेर मागेर हुँदैन।’उनले सरकारले जेनजीहरुको माग अनुसार सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता लिएको पनि जानकारी दिए।उनले भ्रष्ट र पारदर्शिता नभएको मुलुकमा दर्ता नगर्ने भन्दै सामाजिक सञ्जाल ‘एक्स’ द्वारा नेपालमा दर्ता हुन अस्वीकार गरेको पनि बताएका छन्।

तपाईको प्रतिक्रिया