ताजा समाचार

बंगलादेशकि प्रधानमन्त्री शेख हसिनाले दिइन राजिनामा 

श्रावण २१, २०८१ | काठमाडौं

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिनुभएको छ । सरकारी सेवामा आरक्षण प्रणालीलाई लिएर भएको प्रदर्शन हिंसात्मक बनिरहँदा हसिनाले राजीनामा दिनुभएको हो ।

राजीनामा माग गर्दै प्रदर्शन हिंसात्मक बनेपछि हसिनाले देश छोडेर सुरक्षित स्थानतर्फ गएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

 केहीदिन साम्य भएको आन्दोलन हिजो पुन:  हिंसात्मक बनेपछि कम्तिमा ९० जनाको मृत्यु हुनुका साथै एक सय बढि घाइते भएका थिए ।

बंगलादेशमा कोटा प्रणालीका विषयमा भएको हिंसात्मक प्रदर्शनका क्रममा हालसम्म कम्तिमा २ सय ८० जनाको मृत्यु भइसकेको छ । आज पनि कम्तीमा पनि ४ लाख मानिस सडकमा प्रदर्शनमा उत्रिएका छन् ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!