डाेल्पान्युजसंवाददाता
प्रधानमन्त्री सुशीला कार्कीले वैधानिक प्रक्रियाबाट नै संविधान संशोधन गर्न सकिने बताएकी छिन् ।
बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले संविधान संशोधन वर्तमान अन्तरिम सरकारको कार्यक्षेत्रभन्दा बाहिरको विषय रहेको बताइन् ।
उनले जेनजी आन्दोलनको माग अनुसार संविधान संशोधन आगामी निर्वाचनबाट आउने संसद्ले गर्ने बताइन् । त्यसका लागि निर्वाचनमा सहभागी हुन जेनजी पुस्तालगायत सबै सरोकारवालमा उनले आग्रह गरिन् । 

डोल्पा न्यूज । ९ आश्विन २०८२, बिहीबार २०:५५