ताजा समाचार

नेकपा एमाले जगदुल्ला पालिका अध्यक्षमा राेकाया चयन

नेकपा (एमाले) जगदुल्ला गाउँपालिकाको सनिवार सम्पन्न अधिवेशनले  अध्यक्षमा पुन कमल बहादुर रोकायालमई चयन गरेकाे छ।

नेकपा (एमाले) जगदुल्ला गाउँपालिकाको ७ औँ गाउँ पालिका अधिवेशनबाट अध्यक्षमा कमल बहादुर रोकाया र सचिवमा सुरेन्द्र बोहोरा पुन चयन हुनु भएकाे हाे ।

पालिका अधिवेशनबाट रोकायाको अध्यक्षतामा ३१ सदस्यिय गाउँ कमिटी गठन भएको छ ।

शनिबारको बन्दसत्र बाट कमल बहादुर रोकाया अध्यक्ष सुरेन्द्र बोहोरा सचिव र अन्य २९ सदस्य सहित गाउँ कमिटी गठन भएको नव निर्वाचित सचिव सुरेन्द्र बोहोराले जानकारी दिनु भयाे ।

सचिव बोहोराका अनुसार हिमाल बिसीको अध्यक्षतामा ५ सदस्यिय लेखा समिति समेत गठन गरिएको जानकारी दिनु भयाे ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!