ताजा समाचार

हिमज्योति आबिको ३० औ बार्षिकोत्सब तथा अभिभावक दिवस  सम्पन्न

विणुप्रसाद देवकोटा

दलित बालबालिकाको शैक्षिक उन्नयनमा महत्वपुर्ण भूमिका खेल्दै आएको हिमज्योती आधारभूत विद्यालयले आफ्नो ३० औ बार्षिकोत्सब तथा अभिभावक दिवस विविध कार्यक्रम गरेर सम्पन्न गरेको छ ।

त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट लोकाँस्थित हिमज्योती आबिले दलित बालबालिकाको शैक्षिक विकासको लागि विक्रम सम्बत २०५१ सालमा स्थापना भएको यो विद्यालयले ३० बसन्त पार गरेर ३१ बसन्तमा प्रवेश गरेको हो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बमबहादुर सार्कीको अध्यक्षतामा भएको ३० औ बार्षिकोत्सबको त्रिपुरासुन्दरी नगरपालिकाकी उपप्रमुख तथा कार्यक्रमकी प्रमुख अतिथि देबि घर्तीले ब्यानर खोलेर उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै उपप्रमुख घर्तिले विद्यालयको हरेक पक्षको विकासको लागि आफ्नो सहयोग रहने प्रतिबद्घता ब्यक्त गर्नु भयो ।

विद्यालयको विकासको लागि सबैको सकरात्मक र रचनात्मक सहयोगको आवश्यकता रहने उपप्रमुख घर्तिको भनाई थियो ।

सामाजिक विकास कार्यालय मार्फत आउने योजना सत्ता शक्ति र पहुँचका आधारमा राजनीतिक दवाव केन्द्रित रहेकाले जिल्लाको आवश्यकता र मागको आधारमा योजना छनौट तथा बजेट विनियोजन गरिनु पर्ने माग गर्दै आफुले जिल्लास्थित सामाजिक विकास कार्यालय मार्फत प्रदेशमा लिखत माग राखेको पनि उपप्रमुख घर्तिको भनाई थियो ।

त्रिपुरासुन्दरी नगरपालिका वडानम्बर–१ का वडाअध्यक्ष रामचन्द्र कुलालले विद्यालयको विकासमा आफु सदैब चिन्तित रहेको र के कस्तो सहयोग चाहिने हो वडाबजेटले भयाएसम्म वडाको वजेटबाट लगायत संघ र प्रदेश सम्म पहल गरेर भौतिक शैक्षिक सामाजिक पक्षको विकासको लागि सहयोग निरन्तर रहने बताउनु भयो ।

विद्यालयमा विधुत र सडकको तत्काल आवश्यकता रहेकाले बालबालिको निवास गाउँदेखि विद्यालय सम्म पुग्ने बाटो मर्मत र विधुतको राष्ट्रिय प्रशारण लाइनको ब्यवस्थापन गरिने आश्वसन वडाअध्यक्ष कुलालले दिनु भयो ।

नेपाली कांग्रेसका गौरीशंकर उपाध्याय नेकपा एमालेका कृष्ण धराला नेकपा माओवादी प्रदेश कमिटि सदस्य हेमराज हमालले विद्यालय सबैको साझा फूलवारी भएकाले विनाभेदभाव सबैको अस्तित्व समान हुने गरि गुणस्तरीय शिक्षा प्रदानको लागि भुमिका खेल्न विद्यालय परिवार लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।

विद्यालयको हरेक पक्षको विकासको लागि राजनीतिकदलको तर्फवाट कुनै कसुर बाँकी नरहने प्रतिबद्घता समेत राजनीतिकदलका प्रमुख तथा प्रतिनिधिले ब्यक्त गर्नु भयो ।

त्रिपुरासुन्दरी नगरपालिका शिक्षा शाखा प्रतिनिधि तथा सुचनाअधिकारी निर्वोध केसीले विद्यालयको हर प्षको ब्यवस्थापनमा स्थानीय अभिभावकको अपनत्वको भाव विकास हुनुपर्ने नकारात्मक सोचले कहिल्यै राम्रो काम नहुने भएकाले जहिलेपनि सकरात्मक सोचले अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो ।

आफुसंग भएको चिजको भरपुर सदुप्रयोग गरेर अपुग बस्तुको पहल गरेमा समस्याको समाधान हुदै जाने शिक्षा शाखाका प्रतिनिधि केसीको भनाई थियो ।

केड नाम गैह्रसरकारी संस्थाका प्रतिनिधि तथा जातियविभेद विरुद्घका समाजिक अभियान्ता लिला टमटाले विद्यालयमा छुवाछुत जातियविभेदको अन्त्य हुनु पर्ने र छाउपढी जस्ता अन्धविश्वास कुसंस्कार जस्ता कुराको समेत अन्त्य गरिनु पर्नेमा जोड दिनु भयो ।

शे फोरानी खालीवन त्रिपुराकोट पोष्टका प्रमुख सिनियर गेमस्काउट लक्ष्मि महत किर्डाकका प्रतिनिधि रुपलाल बोहराले बोडिङमा पढाई सरकारी विद्यालयमा सिकाई हुने गरेकाले असल ज्ञानी संस्कारी र गुणस्तरीय जनशक्ति उत्पादनमा सरकारी विद्यालयको भुमिका महत्वपुर्ण रहेको जोड दिनु भएको थियो ।

विद्यालयको बार्षिकोत्सबको अवसरमा विद्यालय स्थापनार्थ अहम भूमिका खेल्ने पुर्वअध्यक्ष लक्ष्मी सार्कीलाई प्रमाणपत्र सहित दोसल्ला अविर टिका र विद्यालय स्थापनाको लागि निशुल्क जग्गा दान गर्ने जुद्द सार्की सिउमल सार्की जिवन सार्की र भगवती रोकायालाई दोसल्ला ओडाइ अविर टिका लगाएर सम्मान गरिएको थियो ।

यसैगरि शैक्षिक वर्ष २०८०/०८१ मा विभिन्न श्रेणीमा उर्तिण भई पहिलो दोस्रो र तेस्रो हुने छात्रछात्रा तथा विद्यालयमा गरिने अतिरिक्त क्रियाकलाप सहित अनुशासनमा रहने छात्रछात्रालाई समेत कपिकलम र सावुन सहित अविर टिका लगाएर कार्यक्रममा सहभागि प्रमुखअतिथि विशेष अतिथि अतिथिहरुले पुस्कार वितरण गर्नु भएको थियो ।

बार्षिकोत्सवको अवसरमा विद्यालयका ससाना बालबालिकाहरुले विभिन्न सांस्कृतिक झलकहरु प्रस्तुत गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक मनबहादुर सार्कीले विद्यालयकाे भाैतिक संरचना शैक्षिक विकास जनशक्तिको अवस्था र विद्यालयमा भएका बर्तमन समस्या समाधानका लागि गर्नु भुमिका बारे प्रकाश पार्नु भएकाे थियाे ।

बार्षिक उत्सव तथा अभिभावक दिवसमा छिमेकी विद्यालयका शिक्षक विभिन्न राजनितिक दलका प्रतिनिधि अभिभावक त्रिपुरासुन्दरी नगरपालिकाका कर्मचारी लगायत स्थानीयकाे बाग्लाे उपस्थिति रहेकाे थियाे ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!