ताजा समाचार

घुम्ति स्वास्थ्य शिविरकाे माग गर्दै  नेपाल विद्यार्थी संघ डाेल्पाले बुझायो प्रजिअलाई ज्ञापनपत्र

विष्णुप्रसाद देवकोटा

हिमाली जिल्ला डाेल्पाका यार्सा पाटनहरुमा पुगेका यार्सागुम्बा संकलकहरु धमाधम विरामी पर्न र मर्न थालेपछि नेविसंघ डाेल्पाले पाटनहरुमा घुम्ति स्वास्थ्य शिविर राख्ने प्रवन्ध मिलाउन भन्दै प्रमुख जिल्ला अधिकारी तुलसिप्रसाद दाहाललाई ज्ञापन पत्र बुझाएकाे छ ।

नेविसंघ डाेल्पाका जिल्ला अध्यक्ष मिलन बुढाथोकीकाे नेतृत्वमा जिल्ला प्रशासन डाेल्पामा पुगेकाे तीन सदस्यीय टाेलिले यार्सागुम्बाबाट शे फाेरानि बन क्षेत्र डिभिजन वन कार्यालय मातहतका यार्सागुम्बा पाटनहरुमा संकलनकाे लागि पुग्ने संकलकहरुवाट सम्बन्धित कार्यलयले बार्षिक कराेडाै रकम प्रवेश र सेवा सुल्क बापत उठाउने गरेपनि पाटनहरुमा पुगेका यार्सा संकलकहरुकाे जीवन सुरक्षा र स्वास्थ्य उपचार तर्फ कुनै ध्यान नदिएकाे बताएकाे छ ।

्तत्काल घुम्ति स्वास्थ्य शिविरकाे ब्यवस्थापनकाे लागि सम्बन्धित निकायमा पहल गरिदिन आफुहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउन बाध्य भएकाे बताउदै याे वर्ष विभिन्न पाटनहरुमा स्वास्थ्य उपचारकाे अभावमा पाँच  जनाले अकालमा ज्यान गुमाएकाे अध्यक्ष बुढाथोकीले बताए ।

नेविसंघले प्रमुख जिल्ला अधिकारी लगायत शे फाेक्सुण्डाे राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत विश्वबाबू श्रेष्ठ समेतलाई ध्यानाकर्षण गराएकाे छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!