ताजा समाचार

त्रिपुरासुन्दरी नगरपालिकाद्वारा भाैतिक पुर्वाधार तथा शहरी विका मन्त्री बुढालाई भब्य स्वागत

कर्णाली प्रदेश सरकारका भाैतिक पुर्वाधार तथा शहरी विकास मन्त्री शेरबहादुर बुढा मन्त्री भएपछि पहिलाे पटक गृह जिल्ला डाेल्पा आइपुगेका छन ।

गृह जिल्लाकाे पर्यटकीय नगरी त्रिपुरासुन्दरी नगरपालिकाले पहिलाे पटक जिल्ला आइपुगेका भाैतिक पुर्वाधार तथा शहरी विकास मन्त्री बुढालाई भब्य स्वागत गरेकाे छ।

जिल्ला प्रवेशद्वारकाे रुपमा रहेकाे त्रिपुरासुन्दरी नगरका नगर प्रमुख जनचन्द्र राेकाया निमित्त प्रमुख प्रशासकीय अधिकृत हिराचन्द्र धराला लगायत जनप्रतिनिधि एवं स्थानीयले फुलमाला अविर टीका सहित राईका लगाएर स्वागत गरेका छन।

नेकपा एमाले जिल्ला कमिटी डाेल्पाकाे साताै जिल्ला अधिवेशनकाे मिति तय गर्न वैशाख २९ गते बस्न थालेकाे पार्टीको बैठकमा भाग लिन मन्त्री बुढा शुक्रबार पैदल मार्गवाट डाेल्पा पुगेका हुन ।

त्रिपुरासुन्दरी नगरपालिकाकाे तर्फवाट गरिएकाे सम्मान तथा स्वागत आफ्नाे लागि महत्वपूर्ण भएकाे बताउदै त्रिपुरासुन्दरी नगरपालिकाकाे विकासकाे लागि आफू लागि पर्ने मन्त्री बुढाले वचन ब्यक्त गरेका थिए ।

स्वागत सत्कार कार्यक्रममा नगर प्रमुख राेकायाले जिल्लाले मन्त्री पाएकाेमा गर्व लागेकाे उल्लेख गर्दै मन्त्री प्रति ठुलाे भराेसा र अपेक्षा नगरवासिकाे रहेकाे बताए ।

मन्त्री बुढालाई पन्चेवाजा गाजा सहित स्वागत गरिएकाे थियाे ।मन्त्री बुढाकाे गृह निवास रहेकाे सदरमुकाम दुनैमा समेत स्वागतकाे लागि सदरमुकामबासिद्वारा भब्य स्वागतकाे तयारी छ ।मन्त्री बुढा नेकपा एमाले जिल्ला कमिटी डाेल्पाका अध्यक्ष समेत हुन ।

तपाईको प्रतिक्रिया