ताजा समाचार

राहत सामाग्री लिएर प्रभावित क्षेत्रमै पुगे डोल्पा अध्यक्ष लिलाराज रोकाय

डोल्पा,कार्तिक २२ गते ।भूकम्पबाट अति प्रभावित जाजरकोट र रुकुम पश्चिमका पीडितहरुको राहतको लाथि नेपाल चेम्बर अफ कमर्स र कर्णाली प्रदेश चेम्बर अफ कमर्स तथा सिदार्थ ब्यापार समुहको संयुक्त पहलमा राहत सामाग्री वितरण गरिएको छ ।

नेपाल चेम्बर अफ कमर्स र कर्णाली प्रदेश चेम्बर अफ कमर्स तथा सिदार्थ ब्यापार समुहका अध्यक्ष लक्ष्मी न्यौपाने, केशब न्यौपाने र योगराज कंडेलको सहयोग तथा चेम्बर अफ कमर्स डोल्पाका अध्यक्ष लिलाराज रोकायको पहलमा राहत सामाग्री भूकम्प प्रभावित क्षेत्रमै पुगेर स्थानीय तहलाई बुझाइएको हो ।राहत सामाग्री सहित सुर्खेत चेम्बर अफ कमर्सका अध्यक्ष चिन्तामणी शर्मा र डोल्पा अध्यक्ष रोकायको टोली रुकुम पश्चिम र जाजरकोट पुगेर राहत सामाग्री वितरण गरेको हो ।

पीडितहरुको लागि आबश्यक रहेका बन्दोबस्तीका न्यानो कपडा नून तेल लगायत खाद्यन्न सहितको राहत सामाग्री बुझाइएको चेम्बर अफ कमर्स डोल्पाका अध्यक्ष लिलाराज रोकायले डोल्पा न्युज डटकमलाई जानकारी दिए ।

विपद्मा परेका जो कोहीको लागि सहयोग गर्नु पहल गर्नु मानवीय धर्म र कर्तब्य दुबै भएकाले सबै नेपालीले यस्तो विपद्को समयमा आआफ्नो तहबाट सहयोग गर्न समेत अध्यक्ष रोकायले आग्रह गरेका छन ।आफुहरुको पहलमा राहत सामाग्री सहयोग गर्ने सम्पूर्ण सहयोगी मनकारी संस्था समुह र ब्यक्तिलाई चेम्बर अफ कमर्स डोल्पाका अध्यक्ष लिलाराज रोकायले धन्यावद ब्यक्त समेत गरेका छन ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!