स्थानीय तहकाे उपनिर्वाचन सम्पन्न भएकाे छ।रिक्त रहेकाे ४१ पदका लागि आइतबार भएको मतदान शान्तिपूर्ण सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार आजै रातिदेखि मतगणना सुरु हुनेछ। नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ सहित ४१ पदका लागि आज उपनिर्वाचन भएको हो।यसै गरि डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका -५ ल्हाँमा वडाअध्यक्ष पदकाे लागि आज भएकाे मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएकाे छ ।कुल ३५३ मतदाता रहेकाे ल्हाँमा महिला १५८ र पुरुष १४५ गरि जम्मा ३०३ मत खसेकाे निर्वाचन प्रमुख श्यामकुमार राईले जानकारी दिनु भयाे ।उहाका अनुसार ८५.८४ प्रतिसत मत खसेकाे छ ।अहिले मतगणना काे लागि सर्वदलीय बैठक बस्दै गरेकाे जनाइएकाे छ ।