विष्णुप्रसाद देवकोटा
डोल्पा,पुष २ गते ।त्रिपुरासुन्दरी नगरपालिका भित्रका ६ वटा विद्यालयमा अध्यायनरत बालवालिकालाई यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धि तालिम दिइएको छ ।
यौन तथा प्रजनन् स्वास्थ्या अधिकार सम्बन्धि साथी शिक्षकहरुलाई ज्ञान दिएर वालविवाह न्युनीकरण गर्ने उदेश्यले किशोरी सशक्तिकरण परियोजना अन्तर्गत साथी शिक्षकहरुलाई ३ दिने तालिम दिइएको हो ।
विएमजेडकाे सहयाेग तथा प्लान इन्टरनेशनल नेपालकाे साझेदारीमा समाज जागरण केन्द्रद्वारा संचालित तीन दिने तालिममा त्रिपुरनसुन्दरी नगरपालिका भित्रका प्रावि र माबि गरेर ६ ओटा विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्यायनरत ५० जना बालवालिका र ६ जना फाेकल शिक्षक गरेर ५६ जनाकाे सहभागीता रहेकाे थियाे ।
दौतरी शिक्षाको माद्यमबाट यौन हिँसा न्युनीकरण गर्ने उद्ेश्यले यौन तथा प्रजनन् स्वास्थ्य अधिकार यौन तथा यौनिकता महिनावारी स्वच्छता लैङ्गिक हिँसा राम्रो नराम्रो छोई सुरक्षित गर्भपतन र दौतरी शिक्षाको महत्व बारे तालिममा सहभागि किशोर किशोरी एबं फोकल शिक्षक शिक्षिकालाई प्रशिक्षण दिइएको थियो ।
सदरमुकाम दुनैस्थित होटल न्यु सिद्यदार्थ र मुरमुरमा संचालित आवासिय तालिमका सहभागिहरुलाई सहजकर्ता मनोज बोहोरा सविता आचार्य र परियोजना विशेषज्ञ संतोष पुलामीले सहजीकरण गर्नु भएको थियो ।
किशोर किशोरी मैत्री स्वास्थ्यसंस्था कस्तो हुनु पर्छ भन्ने कुरा समेतको सिकाइको ज्ञार्न बालवालिकाले प्राप्त गरेको समाज जागरण केन्द्रका अनुगमन संयोजक चिरिन्जवी पौडेलले जानकारी दिनु भयो ।
जिल्लामा यौन तथा प्रजनन् स्वास्थ्यको अवस्था वालविवाहले पारेको असर समाजमा भएको अन्धविश्वास र कुरीतिका सम्बन्धमा जिल्ला अस्पताल दुनैका चिकित्सा शाखा प्रमुख डाक्टर अखण्ड उपाध्यायले सहजीकरण गर्नु भएको समाज जागरण केन्द्र स्याक नेपालका प्राविधिक संयोजक विनय कुमार थारुले जानकारी दिनु भयो ।
सहजीकरणको क्रममा डाक्टर उपाध्यायले दिनहुं अस्पतालमा गर्भजाँच गर्न आउने सय जना महिलाहरुमा बीस जना उमेर नपुगेका बालिका हुने जानकारी गराउनु भएको थियो ।