डोल्पा ,मङ्सिर ७ गते।मोटरसाईकलले सदरमुकाम दुनैबजारमा हिडिरहेका मानिसलाई ठक्कर दिएर फरार रहेका माेटरसाइकल चालक पक्राउ परेका छन ।
जिल्ला जाजरकोट नलगाड नगरपालिका वडा नं. १३ खातिगुर्ता घर भई हाल ठुलीभेरी नगरपालिका ३ दुनै बस्दै आएका २० वर्षीय प्रेम बि.कलाई प्रहरीले बुधबार राति पक्राउ गरेकाे हाे ।
बिककाे माेटरसाइकलले ठक्कर दिदा जिल्ला समन्वय समिति डोल्पाका पूर्व उपप्रमुख नर बहादुर बुढा घाईते भएका छन ।
ठुलीभेरी नगरपालिका वडा नं. ४ घर भै हाल सदरमुकाम दुनै बजार बस्दै आएका ६९ बर्षीय बुढालाई मंसिर ६ गते बुधबार राति लु ९६ प २२ ४८ नम्बरको मोटरसाईकलले ठक्कर दिएकाे थियाे।
चालक बिक पूर्वउपप्रमुख बुढालाई ठक्कर दिएर लडाए लगत्तै मोटरसाईकल घटनास्थलमै छाडेर तत्काल फरार भएका थिए ।जिल्ला प्रहरी कार्यालयका डिएसपी शिव बुढाथाेकीले पक्राउ गरिएका बिकलाई अनुसन्धान भइरहेकाे बताए ।
जिल्ला अस्पताल डोल्पाका चिकित्सा शाखा प्रमुख डाक्टर अखण्ड उपाध्यायले घाईते बुढाको देब्रे खुट्टा देखि कम्मर सम्मको भित्रि भागमा फयाक्चर नभएको तर विरामीले धेरै दुखाईको महसुस गरेको हुदा औषधी चढाईरहेको बताए ।