डाेल्पा,पुस २० गते ।घरघरमा माओवादी जनजनमा माओवादी,जनतासंग माओवादी भन्ने नाराका साथ संचालन भई सम्पन्न भएकाे पार्टी रुपान्तरण अभियानमा जनताकाे सहभागिता उल्लेख्य भएकाे दावि गरिएकाे छ ।
नेकपा माओवादी केन्द्रका जिल्ला पार्टी संयोजक धर्म जित बोहोरा ( विस्फोट )काे प्रमुख आतिथ्यतामा जिल्ला समन्वय समितिकाे सभाहल दुनैमामा जारि समिक्षात्मक कार्यक्रममा उक्त दावि गरिएकाे हाे ।
नेकपा माओवादीका स्थाई कमिटी सदस्य काली बहादुर मल्ल केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नर बहादुर बिष्ट केन्दिय सदस्य तथा कर्णाली प्रदेश उपाध्यक्ष ढक वीर राणा, केन्द्रीय सदस्य काली चलाउने ,केन्द्रिय सदस्य युबराज आचार्य र प्रदेश सभा सदस्य तथा पुर्ब मन्त्री वीर बहादुर शाही अतिथि रहेकाे उक्त समिक्षात्मक कार्यक्रममा माओवादी प्रति पछिल्लाे चरणमा जनताकाे झुकाब बढ्दै गएकाे दावि गरिएकाे हाे।
जिल्ला पार्टी सचिब दत्त शाहिले संचालन गरिरहेकाे समीक्षा कार्यक्रममा प्रदेश तथा स्थानिय नेताहरुले पार्टी रुपान्तरण अभियानले पार्टी संस्थागत विकास सुदृढीकरण र विस्तार लगायत कार्यकर्ता रुपान्तरणमा सहयाेग पुर्याएकाे दावि गरिएकाे थियाे ।
चार महिना सम्म संचालन भएकाे कार्यक्रममा जिल्लनस्थित कार्यकर्ताकाे बाग्लाे उपस्थरहेकाे छ ।याे समाचार तयार पारुन्जेल समिक्षात्मक बैठक जारि रहेकाे र विस्तृत छलफल जारि रहेकाे प्रदेश सांसद बिरबहादुर शाहीले जानकारी दिए ।