ताजा समाचार

नेकपा माओवादी केन्द्र ठूलीभेरी नगर समितिको तेश्रो नगर अधिवेशन वैशाख १० गते 

पुर्ण सार्की/डोल्पा। नेकपा माओवादी केन्द्र ठूलीभेरी नगर समितिको तेश्रो नगर अधिवेशन आगामी वैशाख १० गते बुधबार हुने भएको छ।

नगर कमिटीका इन्चार्ज बिर्मल कुमार भण्डारीले कर्णाली प्रदेश सरकारका पूर्व मुख्यमन्त्री एबम् नेकपा माओबादी केन्द्रका कर्णाली प्रदेश संसदीय दलका नेता राज कुमार शर्माको प्रमुख आतिथ्यमा सदरमुकाम दुनै स्थित जिल्ला समन्वय समितिको प्राङ्ग्रणमा २०८२ साल वैशाख १० गते बुधबार दिउँसो ऐतिहासिक तेश्रो नगर अधिवेशन बिहान १० बजे देखि सुरु हुने जानकारी दिएका हुन्।

ऐतिहासिक तेश्रो नगर अधिवेशनमा उपस्थित हुन कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका पूर्व मुख्यमन्त्री शर्मा भोलि साँझ डोल्पा पुग्ने नेकपा माओवादी केन्द्र ठूलीभेरी नगर समितिले जानकारी दिएको छ।

ऐतिहासिक तेश्रो नगर अधिवेशन भव्य रूपमा सफल पार्न ठूलीभेरी नगरपालिका भित्रका सम्पूर्ण आमाबुबा, दाजुभाई , दिदीबहिनी, सम्पुर्ण पार्टीका सदस्यहरु, ११ ओटै वडाका वडा कमिटीका पदाधिकारीहरु, जिल्ला कमिटीका पधाधिकारी तथा सदस्य ज्युहरु,विभिन्न भातृ संगठनका पदाधिकारी तथा सदस्यहरुलाई उपस्थितको लागि विशेष आग्रह समेत नगर समितिले गरेको छ।

नगर सम्मेलनमा आगामी पार्टीको रणनीति, २०८४ को निर्वाचनलाई ध्यानमा राखी, पार्टीको नयाँ नेतृत्वको विषयमा छलफल समेत हुने छ।

नगर समिति सगै, पार्टीका विभिन्न भातृ संघठनका नगर कमिटीको नयाँ नेतृत्वको विषयमा समेत छलफल गरिने बताइएको छ। गत चैत्र ३० गते नेकपा माओवादी केन्द्र त्रिपुरासुन्दरी नगर समितिको दोश्रो नगर सम्मेलन भव्य रूपमा समापन भएको थियो।

तपाइको प्रतिक्रिया

error: Content is protected !!