विष्णुप्रसाद देवकोटा
डोल्पा वैशाख ३ गते ।नविनतम अभ्यास र सेवा प्रवाह सुधारका लागि विरेन्द्रनगर नगरपालिका सुर्खेत र त्रिपुरासुन्दरी नगरपालिका डोल्पाबीच आपसी साझेदारीमा सिकाइ आदानप्रदान सम्बन्धी सम्झौता भएको छ।
कर्णाली प्रदेश सरकारका सभामुख नन्दा गुरुङ्गले कर्णलीको भूगोलको अध्यायन नगरि बास्तविकता थाहा नहुने भएकाले आफु अध्यायन भ्रमणमा डोल्पा पुगेको बताउनु भयो ।
दुई अन्तरपालिका बीच भएको नविनतम अभ्यासको आदानप्रदान कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्दै यसले आपसी सम्बन्धलाई सुदृढ बनाउने बताउनु भयो ।
डोल्पा भने जस्तो दुर्गम नभएको आफुले पाएको र विस्तारै डोल्पा विकासउन्मुख तर्फ अगाडि बढेको प्रस्टयाउदै आफुले सदनमा प्रत्यक्षरुपमा डोल्पा र डोल्पालीको माग र समस्या सम्बोधन नगरेपनि मानीय सांसद मार्फत गर्नु पर्ने सहयोग गर्ने पनि सभामुख गुरुङ्गले प्रतिबद्दता ब्यक्त गर्नु भयो ।
वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकाल भण्डारीले कर्णाली प्रदेशकै ठूलो भूगोल भएको नगरपालिकाका रूपमा राष्ट्रिय राजमार्ग पूरा भएमा डोल्पा र सुर्खेतबीचको दुरी अझै घट्ने बताउनु भयाे। उहाले विगतभन्दा फरक दृष्टिकोणले विकासलाई हेर्नुपर्ने आवश्यकता औंल्याउँदै शिक्षा, स्वास्थ्य, ज्येष्ठ नागरिक र पूर्वाधारलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्नु भयाे। उहाका अनुसार नगरपालिकामा ६०सामुदायिक र १००संस्थागत गरी दुई प्राज्ञिक विद्यालय सञ्चालनमा छन्, जसमा करिब ७० हजार बालबालिका अध्ययनरत छन्।
ढकालले सुर्खेत–डोल्पा सडकको पूर्णताले दुबै नगरका लागि आर्थिक र सामाजिक लाभ हुने बताउँदै, डोल्पामा भएका असल अभ्यासबाट सिक्ने अवसर रहेको बताउनु भयाे।
त्रिपुरासुन्दरी नगरपालिकाका नगरप्रमुख जनचन्द्र रोकायाले पञ्चायतकालदेखि संघीय व्यवस्थासम्मका अभ्यासलाई तुलना गर्नुको साटो जनताको आवश्यकताका आधारमा काम गर्नुपर्नेमा जोड दिए।
आन्तरिक राजस्व शून्य भएकाले योजना कार्यान्वयनमा कठिनाइ रहेको र हाल ५५ करोड अनुमानित बजेट रहेको बताउनु भयो।उहाँले साझेदारीमार्फत असल अभ्यास सिक्न सुर्खेत जाने योजना रहेको र अन्तरपालिका सम्बन्धले आगामी दिनमा थप मजबुत सम्बन्ध बनाउने विश्वास व्यक्त गर्नु भयो ।
वीरेन्द्रनगर सुर्खेतका उपप्रमुख निलकण्ठ खनालले साझेदारीबाट निश्चित रुपमा दुबै पालिकाले लाभ उठाउने बताउनु भयो।
वीरेन्द्रनगर नगरपालिका सुर्खेतका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बास्कोटाले २०३३ सालमा स्थापना भएको नगरपालिकाले सेवा प्रवाहमा पारदर्शिता र प्रभावकारिता आवश्यक रहेको उल्लेख गर्दै, असल अभ्यासबाट सिकेर अझ सुदृढ बनाउने बताउनु भयाे।
उहाका अनुसार १५ लाखभन्दा कम लागतका योजना इभिड प्रणालीमार्फत कार्यान्वयनमा ल्याइँदै आएको छ भने खानेपानी, स्वास्थ्य, शिक्षा र सुशासनका क्षेत्रमा उल्लेखनीय प्रगति भइरहेको छ।उहाले उपमहानगरको लक्ष्यसहित योजना अगाडि बढाइएको जानकारी दिनु भयाे।
त्रिपुरासुन्दरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भीमबहादुरथापाले लामो समयदेखि असल अभ्यासको माध्यमबाट नगरपालिकालाई समृद्द नगरपालिका बनाएर अनुभव संगालेको वीरेन्द्र नगर नगरपालिकाका जनप्रतिसनिधिहरुको सहि र असल सुझावले त्रिपुरासुन्दरी नगरपालिकालाई शैक्षिक क्षेत्रको मात्र नभई समग्र क्षेत्रको समृद्दीको लागी मार्ग दर्शन बन्ने बताउनु भयो ।
उहाहरूले धर्मिक पर्यटकीय क्षेत्रको प्रवद्र्धन, सडक पूर्वाधार निर्माण र सुशासनका अभ्यासहरू आदानप्रदान गरी स्थानीय तहलाई थप सक्षम बनाउने उद्देश्यका साथ सहकार्य गर्ने प्रतिबद्धता जनाउनु भएकाे छ।सभामुख सहित कर्णली प्रदेश सरकारका भौतिक पुर्वाधार तथा सहरी विकास राज्यमन्त्री गमता विक त्रिपुरासुन्दरीका उपमेयर देवी घर्ती समेतकाे उपस्थिती रहेको थियो ।

डोल्पा न्यूज । ३ बैशाख २०८२, बुधबार १४:१०