ताजा समाचार

त्रिपुरासुन्दरी नगरपालिकाकाे सार्वजनिक  सुनुवाइमा नागरिककाे न्युन उपस्थिति

विष्णुप्रसाद देवकोटा /पुर्ण सार्की

सरकारी कार्यालयवाट प्रदान गरिने सेवा सुविधा र सेवा प्रवाहाकाे पार्दशिताकाे आभास  नागरिकलाई पुर्याउन  गरिने सुशासनको कडिकाे रुपमा सार्वजनिक सुनुवाइलाई लिने गरिन्छ ।

कार्यालयवाट नागरिकको  लागि भए गरेका कार्य सम्पादन के कति प्रभावकारी  रह्याे ? सेवाप्रवाहावाट नागरिक सन्तुष्टि छन छैनन् भन्ने मापन र सुशासनको  प्रभावकारिताकाे लागि गरिने सार्वजनिक  सुनुवाइमा लक्षित अर्थात सेवाग्राहीकाे उपस्थिति  अनिवार्य हुनु र गराउनु पर्छ ।

तर हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले आयाेजना गरेकाे सार्वजनिक सुनुवाइ कार्यक्रममा भने लक्षित वर्ग भनिएकाे नागरिकको उपस्थिति भने न्यून थियाे ।

 सोमबार नगरपालिकाको आयोजनामा नगरपालिकाको प्रशासकीय भवनमा  गरिएकाे सार्वजनिक सुनुवाइ  कार्यक्रममा आर्थिक वर्ष २०८०/८१ मा नगरपालिकाबाट सञ्चालित नागरिक लक्षित  विकास कार्यक्रम र उपलब्ध सेवा सुविधाकाे विषयमा पालिकाका विषयगत कार्यालय प्रमुखबाट अवस्थागत विवरण सार्वजनिक गरिएको थियो ।

सार्वजनिक कार्यक्रममा उठेका प्रश्नहरुमा प्रस्टता ल्याउन र नागरिकबाट प्राप्त रचनात्मक सुझावहरुलाई ग्रहण गरि जिम्मेवार राष्ट्र सेवककाे संस्कार बसाई आम नागरिकको चासो सरोकार तथा विकास निर्माणका योजनामा देखिएकाे समस्याकाे पहिचान र समाधानकाे उपायकाे खाेजि गरी सेवाग्राहीलाई सुशासनकाे अनुभूतिकाे आभास दिलाउनु सार्वजनिक सुनुवाइको उद्देश्य हाे  ।कार्यक्रमकाे उद्घाटन गर्दै प्रमुख अतिथि  तथा जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर राेकायाले सार्वजनिक कार्यक्रम गर्दा पनि कार्यक्रमकाे अनुमानित लागत खर्च उपस्थिति  संख्या र उद्देश्यबारे पहिला आयाेजकले सार्वजनिक गर्न आबश्यक रहेकाे बताए ।

नगरपालिकाकाे सार्वजनिक महत्त्वकाे जानकारी गराउन गगरिएकाे कार्यक्रममा  नागरिककाे बढिभन्दा बढि जनसहभागिता  जुटनउन सम्बन्धित वडाअध्यक्षले प्रभावकारी  भुमिका खेल्नु पर्नेमा त्यसाे भएकाे नपाइएकाे भनाई जिल्ला समन्वय प्रमुख राेकायाकाे थियाे ।

उनले एक प्रसङ्गमा सेवाग्राहीकाे लागि गरिएकाे कार्यक्रममा सम्बन्धित  पक्ष नै उपस्थिति नभएपछि कार्यक्रमकाे आैचित्यमा नै प्रश्न चिन्ह खडा हुने बताए ।

सार्वजनिक कार्यक्रम गर्दा आयाेजकले पदिय मर्यादा अनुरुपकाे ब्यवस्थापन गर्नु पर्ने सुझाउदै कर्मचारी कहिल्यै पनि राजनीतिक पदियताक्रम भन्दा माथि नहुने भएकाले त्यस तर्फ गम्भीर रुपमा साेच्न आग्रह गर्दै जिल्लाका स्थानीय तहमध्य त्रिपुरासुन्दरी नगरपालिकाले सुशासनको एक पक्ष सार्वजनिक सुनुवाई विगत एक वर्षदेखि गर्दै आएकाे नगरपालिका प्रमुख र प्रशासकी अधिकृतलाई धन्यवाद दिए ।

कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका प्रमुख जिल्ला अधिकारी तुलसि प्रसाद दाहालले जसकाे लागि आयाेजना गरिएकाे हाे उहीँ पक्षकाे उपस्थिति शून्य देखिनु चिन्ताकाे विषय भएकाले आगामी कार्यक्रममा बढिभन्दा बढि जनसहभागिता जुटाउन नगरपालिका लाग्नु पर्नेमा जाेड दिए ।

कार्यक्रममा विषयगत कार्यालय प्रमुख पिच्छे कामकाे प्रगति विवरण प्रस्तुत गर्नु भन्दा संक्षिप्त रुपमा समग्र प्रगति विवरण समेट्ने गरि तयार पारिएकाे प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृतले प्रस्तुत गर्दा राम्राे हुने उल्लेख गर्दै कार्यक्रम हुने मिति समय स्थान सहित प्रस्तुत गरिने विषयबस्तुकाे विवरणकाे जानकारी  आमन्त्रण पत्रमा उल्लेख गरेमा थप प्रभावकारिता हुने विशिष्ट अतिथि दाहालले बताए ।

 नेपाली काँग्रेस डोल्पाका महासमिति सदस्य गौरीशंकर उपाध्यायले विधि प्रक्रिया पूरा गर्नको लागि मात्रै नगरपालिकाले सार्वजनिक सुनुवाई गरेको आरोप लगाए।

त्यस्तै नेकपा माओवादी केन्द्र डोल्पाका अध्यक्ष धर्मजित बोहोराले नगरपालिका योजना विकाशमा गम्भीर हुन आवस्यक रहेको भन्दै सेवाग्राहीलाई मुस्कान सहितको सेवा दिन आवस्यक रहेकोमा जाेड दिए ।

सबै सरोकारवाला निकाय जनता प्रति जबाफदेही रही काम गर्नु पर्ने उल्लेख गर्दै सञ्चारकर्मीले समेत पालिका अधिकृतलाई धम्क्याउने कार्यक्रम माग्ने नदिए गलत प्रचार गर्ने धम्की पुर्ण भाषा प्रयाेग गरेकाे भनी सदरमुकाम दुनैमा  एक साता अघि भएकाे अख्तियारकाे कार्यक्रममा समेत प्रश्न उठेकाले संचारकर्मीले पनि   आफ्नो काम, कर्तव्य प्रति निष्ठावान रूपले जिम्मेवारी पूरा गर्नु पर्ने आवस्यकता रहेको नागरिक समाज डोल्पाका अध्यक्ष शेर बहादुर बुढाले बताए।

कार्यक्रममा उठेका प्रश्नको उत्र दिदै निमित्त प्रमुख प्रशासकीय अधिकृत हिराचन्द्र धरालाले सार्वजनिक कार्यक्रममा उठेका सवाल र सुझावलाई सिकाइकाे रुपमा लिदै आगामी कार्यक्रम पुर्णरुपमा सुधारउन्मुख भएकाे आभास हुने गरि आयाेजना हुने प्रतिवद्दता ब्यक्त गरे ।

नगरमा केही निर्माण  भई संचालनमा नआएका र केही निर्माण अपुरै रहि अलपत्र रहेका बर्थिङ सेन्टर नगरपालिकालाई आर्थिक भार पर्ने भएकाले अपनत्व ग्हण गर्न नसकिएकाे निर्माण अपुराे भई अलपत्र रहेकाे नगरसभा भवनकाे जिम्मेवारी लिएकाे निर्माण ब्यवसायिलाई कालाे सुचिमा राख्न र नगर अस्पतालकाे निर्माणलाई मुर्त रुप दिन ठेक्का रद्द गरि पेश्की स्वरुप गएकाे रकमलाई असुलउपरका लागि पत्रचार भइरहेकाे पनि प्रशासकीय  अधिकृत धरालाले जानकारी दिए ।

संचारकर्मी पुर्ण सार्कीले नगरपालिकामा कर्मचारीकाे मिलाेमताेमा कार्यालयका सुचनाहरु स्थानीय पत्रकारहरुलाई नदिएर सिधै बार्गेनिङ गरेर जिल्ला बाहिर दिने गरेकाेमा गम्भीर ध्यानाकर्षण हुनु पर्ने बताए ।

कार्यक्रमका सभाध्यक्ष एबम् नगर प्रमुख जनचन्द्र रोकायले

आफु नगरप्रमुखमा निर्वाचित भए देखि नै नगरपालिकाको समृद्धि र विकासका लागि अहोरात्र खटिरहेको बताए ।

उनले भने “नगरपालिकाको समग्र विकासमा आफु लगायत सम्पूर्ण जनप्रतिनिधि कर्मचारीको काँधमा मात्र नभइ राजनीतिक दल, पत्रकार,सरोकारवाला निकाय सबैको साथ सहयोग आवश्यक छ “।

कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अतिथि राजनीतिकदलका प्रमुख तथा प्रतिनिधि संचारकर्मी केही शिक्षक र कार्यालय कर्मचारीकाे उपस्थिति रहेकाे थियाे ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!