लेख बुढा,
मानव वन्यजन्तु दुन्द्ध व्यवस्थापन तथा शे फोक्सुण्डो राष्ट्यि निकुन्ज र मध्यवर्ती क्षेत्र व्यवस्थापनको सम्बन्धि पन्चबर्षिय याेजनाकाे सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
सदरमुकाम दुनैमा गरिएकाे कार्यक्रममा आव.२०७५÷७६ देखि आ.व. २०७८÷७९ सम्मको पञ्चबर्षिय योजनामा भएगरेका गतिविधिहरुको बारेमा जानकारी गराईएको हाे।
निकुञ्ज क्षेत्र भित्र हिँउ चितुवा लगाएतका वन्यजन्तुको द्वन्दका कारण स्थानीय किसानले झेल्नुपर्ने समस्यालाई समाधान गर्न खोर निर्माण,कृषकलाई क्षतिपुर्ति वितरण, औषधी वितरण,कृषि बीमा लगाएतका विभिन्न सचेतनाका कार्यक्रम भएको विश्वबन्यजन्तुकाेष नेपाल डोल्पाका कार्यक्रम अधिकृत चन्द्रजंग हमालले बताए ।
बि.सं. २०४० सालमा स्थापना भएको शे फोक्सुण्डो राष्ट्यि निकुञ्ज सवै भन्दा ठुलो निकुन्ज हो भने यो ३ हजार ५ सय ५५ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
६ वटा स्थानीय तहका २६ वटा वडा निकुञ्ज क्षेत्र भित्र पर्दछन । निकुञ्ज क्षेत्रमा १२ हजार जनसंख्या रहेको तथ्यांकमा उल्लेख छ । डोल्पा संगै मुगुको मुगुम कार्माराेव पनि यस निकुञ्ज क्षेत्रमा पर्दछ ।
शे फोक्सुण्डो राष्ट्यि निकुन्ज मानव वन्यजन्तु दुन्द्ध व्यवस्थापन र मध्यवर्ती क्षेत्र व्यवस्थापनको पञ्जबर्षिय जोजनामा २०८०÷८१ देखि २०८४÷८५ को लागि रु ४७ करोड ७८ लाख रुपैया खर्च हुने अनुमान गरिएको छ ।
यसैगरी पाचँ बर्षको अवधिमा निकुञ्ज क्षेत्रमा रु ३० करोड १२ लाख र मध्यवर्ती क्षेत्रमा रु १७ करोड ६७ लाख प्रस्तावित बजेट रहेको छ ।
यो अवधिमा कुल बजेटको संरक्षणमा मात्र रु ५ करोड ३ लाख रहेको छ । शे फोक्सुण्डो राष्ट्यि निुकञ्जबाट हो या अन्य निकायबाट हुने क्रियाकलाप दिगो विकासमा जोड दिनु पर्ने शे फोक्सुण्डो गाउँपालिका डोल्पाका उपाध्यक्ष पेमा वाङछेन गुरुङ्गले बताए ।
निकुञ्ज क्षेत्रमा गाउँपालिका भएको हुदा निकुञ्ज र गाउँपालिका एक आपुुसमा सहकार्य गरेर दिगो विकासमा जोड दिनु पर्ने उनकाे भनाइ थियाे ।
कार्यक्रमको सहजीकरण शे फोक्सुण्डो राष्ट्यि निकुञ्जका पुर्व संरक्षण अधिकृत लाल बहादुर भण्डारीले गरेको थिए । निकुञ्ज र मध्यवर्ती क्षेत्रका जनप्रतिनिधि,विभिन्न संरक्षण समितिका पदाधिकारी स्थानीय र संचारकर्मीहरुकाे सहभागिता रहेकाे कार्यक्रममा सामाजिक, आर्थिक , संस्कृतिक, भौतिक , रासायनिक, र जैविक प्रभावहरुको सहभागीहरुवाट सुझाव संकलन समेत गरिएको थियो ।