विष्णुप्रसाद देवकोटा
डोल्पा, असोज ४ ।ठुलीबेरी नगरपालिका-९ मोतीपुरस्थित एक किसानको गोठमा एकैपटक ३५ वटा भेडा मृतावस्थामा भेटिएका छन्।माेतिपुरका किसान जनक कठायतकाे गाेठमा थुनेर राखिएका ७२ ओटा भेडा मध्य ३५ ओटा मरेका हुन ।
घटनाकाे जानकारी प्राप्त हुना बवित्तिकै जिल्ला पशु सेवा कार्यालय डोल्पाका प्रमुख डाक्टर साजन राेकाया सहितकाे प्राविधिक टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक अनुगमनका क्रममा करिब ५ वर्गमिटरको गोठमा ७२ वटा भेडा राखिएको र झ्याल नभएको तथा ढोका बन्द अवस्थामा रहेको पाइएको थियो। प्राविधिक टोलीका अनुसार अक्सिजनको अभावका कारण निशासिएर भेडाहरूको मृत्यु भएको देखिन्छ।
शव परीक्षणमा फोक्सोमा अत्यधिक रक्तस्राव, श्वासनलीमा सेरोस द्रव पदार्थ, स–साना आन्द्रामा रक्तस्राव, र मुटुको वरिपरि सेरोस द्रव पदार्थ भेटिएको पशु सेवा कार्यालय प्रमुख राेकायाले जानकारी दिए ।
पशु प्राविधिकहरूले किसानलाई सचेत रहन आग्रह गर्दै भनेका छन्, “गोठमा अनुमानित क्षमताभन्दा बढी पशु राख्न हुँदैन। पर्याप्त भेन्टिलेसनका लागि झ्यालढोका खुला राख्नुपर्छ।
सानो लापरबाहीले ठूलो क्षति हुन सक्छ।पीडित ककिसान जनक कठायतले ३५ ओटा भेडाकाे मुल्यअनुसार ५ लाख बराबरकाे क्षेति भएकाे बताए ।उनले केही दिन अघि मात्र दशै तिहार लक्षित गरेर ऋण काढेर चाइना पुगेर भेडा खरिद गरि ल्याएका थिए ।

डोल्पा न्यूज । ५ आश्विन २०८२, आईतवार ०९:४८