काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अबदेखि बैठक भत्ता नदिन सरकारी निकायलाई निदैृशन दिएको छ । आयोगले सरकारी तथा सार्वजनिक निकायमा कार्यालय समयभित्र बस्ने बैठकहरुमा सहभागी सरकारी पदाधिकारी र कर्मचारीलाई भत्ता दिने काम रोक्न भनेको छ ।
आयोगले पत्रमा बिदा वा काजमा रहेको अवधिमा कार्यालयको बैठक वा अन्य निर्णय प्रक्रियामा सहभागी हुने र बैठक भत्ता लिने कार्य रोक्न निर्देशन गरेको छ । विभिन्न मन्त्रालयहरुलाई पत्राचार गर्दै बैठक भत्तामा देखिएका विकृतिहरु हटाउन भनेको हो । सरकारी कार्यालयहरुमा अनावश्यक बैठक बस्ने र भत्ता लिने प्रचलन बढेको आयोगको ठहर छ ।
भत्ताकै लागि बैठक बसाल्ने र कार्यालय समयभित्र कार्यालयको कामभन्दा यस्ता बैठकमा सहभागी हुने विकृति हरेकजसो सरकारी निकायमा रहेको भन्दै कार्यालय समय सकिएपछि पनि अनावश्यक बैठक नराख्न निदैृशन दिएको छ ।
बिदामा बसेका कर्मचारीहरु बैठक भत्ता बुझ्नका लागि बैठकहरुमा जाने गरेको र बैठक भत्तामा देखिएका यस्ता विकृति विरुद्ध अख्तियारमा उजुरी परेपछि यस्तो निदेशन दिएको हो । कार्यालय सञ्चालन भएको दिन र कार्यलय समयमा पनि कार्यालय समय भन्दा फरक बिहान÷बेलुका समय उल्लेख गरी बैठक भत्ता लिने कार्य नगर्न नगराउन पत्रमा भनिएको छ ।