डाेल्पान्युज डेक्स
डाेल्पा,मङ्सिर ११ गते ।
हिमाली जिल्ला डाेल्पाकाे शे फाेक्सुण्डाे गाउँपालिकाले आफ्नाे १६ औं हिउँदे गाउँसभा सम्पन्न गरेकाे छ ।
हिउँदे गाउँसभा सम्पन्न गर्ने नेपालका पालिकाहरु मध्येकाे शे फाेक्सुण्डाे गाउँपालिका पहिलाे हाे ।
समुद्रीक सतह देखि ४ हजार २ सय मिटर उचाइमा रहेकाे पालिका केन्द्र साल्दाङ स्थित गाउँ कार्यपालिकाकाे कार्यालयमा मंसिर ९ गतेदेखि शुरु भएकाे हिउँदे गाउँसभा र १० गते सम्पन्न भएकाे हाे ।
शे- फाेक्सुण्डाे गाउँपालिका अध्यक्ष धावा सम्दुक गुरुङकाे अध्यक्षतामा भएकाे हिउँदे गाउँ सभाले आ.व. २०८१/०८२ मा संचालित बिकास निर्माण लगाएतका गतिविधिकाे समिक्षा र नीति तथा कार्यक्रमकाे प्रभावकारीता माथि छलफल गरिएको थियाे।
यसैगरी गाउँ सभाले गैरसरकारी संस्था एल आई एस पी (LISP) र शे फाेक्सुण्डाे गाउँपालिकाकाे साझेदारीमा प्राप्त ३ कराेड रुपैयाँ स्थानीय जनताकाे माग र आवश्यकता अनुसार विभिन्न वडामा विनियोजन समेत गरिएकाे पालिका अध्यक्ष धावा सम्दुक गुरुङले डाेल्पान्युजलाई बताउनु भयाे ।
विनियोजित बजेटबाट खानेपानी,सिचाइ,साैचालय लगाएका संरचना बनाउने सभाले निर्णय गरेकाे छ ।