ताजा समाचार

महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदन आज सार्वजनिक हुँदै

काठमाडौं, वैशाख ३१ – महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदन आज सार्वजनिक हुँदैछ। आर्थिक वर्ष २०८१/८२ मा विभिन्न सरकारी निकायहरूको लेखापरीक्षण र वेरुजु विवरण समेटिएको प्रतिवेदन महालेखा परीक्षक तोयम रायाले बिहान १० बजे राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गर्ने कार्यक्रम रहेको छ।

प्रतिवेदन राष्ट्रपति समक्ष बुझाएलगत्तै सार्वजनिक गरिने महालेखा परीक्षकको कार्यालयले जनाएको छ। संवैधानिक निकायको रूपमा रहेको यो कार्यालयले संघ, प्रदेश र स्थानीय तहका सरकारहरूका साथै सार्वजनिक संस्थानहरूको लेखापरीक्षण गर्ने अन्तिम निकायको रूपमा कार्य गर्दछ।

यस वार्षिक प्रतिवेदनले सरकारी खर्च, पारदर्शिता, र जवाफदेहितामा सुधारका लागि महत्वपूर्ण मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको छ।


 

तपाईको प्रतिक्रिया