ताजा समाचार

समृद्धि, विकास र भ्रष्टाचारीको अन्त्य गर्ने भनेको नै माओवादी पार्टी हो: पुर्व मन्त्री शाही 

पुर्ण सार्की/डोल्पा: कर्णाली प्रदेश सभा सदस्य एबम् कर्णाली प्रदेश सरकारका पुर्व मन्त्री वीरबहादुर शाहीले समृद्धि, विकास र भ्रष्टाचारीको अन्त्य गर्ने पार्टी भनेको नै नेकपा माओवादी केन्द्र रहेको बताएका छन्।

बुधबार जिल्ला समन्वय समिति डोल्पाको प्राङ्ग्रणमा आयोजित नेकपा माओवादी केन्द्र ठूली भेरी नगर कमिटीको तेश्रो सम्मेलनको क्रममा यस्तो बताएका हुन।

तेश्रो अधिवेशनलाई सम्बोधन गर्दै शाहीले नेकपा माओवादी केन्द्रले डोल्पाको विकाशमा ऐतिहासिक योगदान दिएको उल्लेख गरे। उनले भने” डोल्पा विकासमा हाम्रो पार्टीको महत्वपूर्ण योगदान छ। हामीले सधैं राम्रो कामको प्रशंसा र नराम्रो कामको आलोचना गर्नुपर्छ”।

आफू कर्णाली प्रदेश सरकारको विभिन्न मन्त्रालयमा रहँदा डोल्पा जिल्लाको स्वास्थ्य सेवा पहुँच विस्तारको लागि हस्पिटल निर्माणको लागि सल्लाह , सुझाव सहित योगदान पुर्याउने जिल्ला स्थित सम्पूर्ण सरोकारवाला निकाय, नागरिक समाज र सञ्चारकर्मी सबैलाई धन्यवाद व्यक्त गर्दै आफू मन्त्री हुँदा फोक्सुण्डोमा बस्ती विकास कार्यक्रम अघि बढाएको स्मरण गराए।

उनले माओवादी पार्टी नै विकास गर्ने र भ्रष्टाचार अन्त्य गर्ने पार्टी भएकोदाबी गर्दै डोल्पामा माओवादी पार्टी जुझारु बन्नेछ र अब सिंगो जिल्ला नै माओवादीमय हुने बताए।

साथै उनले अब बन्ने ठूलीभेरी नगरकमिटीलाई बधाई दिँदै पार्टीको विधि विधानमारही २०८४ को चुनाव लक्षित रही ठूली भेरी पार्टीलाई पहिलो नं बनाउनु पर्ने सुझाव दिए।

तपाइको प्रतिक्रिया

error: Content is protected !!