साविककाे माझफाल गाउँ विकास समिति रहंदाकाे बखत डाेल्पाकाे विकट क्षेत्र मध्यमा एक माझफाल क्षेत्र पनि मानिन्थ्यो ।
भाैगाेलिक अवस्थितिले विकट मानिए पनि प्राकृतिक सुन्दरता र प्रकृति प्रदत्त बहुमुल्य जडिबुटी पाइने क्षेत्रकाे हिसावले आफुलाई विश्व सामु पहिचान गराउन सफल छ माझफाल ।
जिल्लाकाे सदरमुकाम दुनै देखि साविककाे माझफाल गाविसमा पुग्न कुनै समय एक दिन पुरै लाग्थ्याे ।भीरलाई काटेर बनाइएकाे गाेरेटाे बाटाेमा जीवनलाई जाेखिम माेलेर आवतजावत गर्नु पर्ने बाध्यता यहाका बासिन्दालाई थियाे ।
देश संघिय संरचनामा गएपछि माझफालले विकटताकाे पहिचानलाई यत्तिखेर विस्तारै बदल्दै जान थालेकाे छ ।साविककाे माझफाल गाविस यत्तिखेर नगरपालिका बन्दा ५ र ६ गरेर दुई वडामा सिमित छ ।संघियतासंगै क्रमिकरुपमा माझफाल लगायतका यहाका बस्तिहरुमा विकासले विस्तारै यहाँका नागरिकलाई पछाई रहेकाे छ, याे शुभ कुरा हाे ।
पछिल्लाे समय माेटरबाटाे पुलपुलेसा लगायतका विकासले साविककाे माझफाल गाविस र अहिलेकाे वडा नम्वर ५/६ का बासिन्दाकाे सदरमुकाम दुनैसम्मकाे दुरिलाई घटाइदिएकाे छ ।सदरमुकाम दुनैबाट जीपमार्फत सरर माझफाल जान सकिन्छ ।सडक विकासकाे फड्काे संगै माझफाल र त्यस क्षेत्रका स्थानीयकाे ब्यक्तिगत जीवनशैलिमा परिवर्तन आकाे छ ।स्वास्थ्य शिक्षा संचार र विधुतिकरणकाे सेवा प्रर्वाहकाे पहुँचमा यहाँका नागरिक पुग्नै सकेका छैनन् भन्ने अवस्था भने छैन ।
मानिसलाई नभई नहुने पहिलाे आधारभूत आबश्यक्ता हाे स्वास्थ्य ।भनिन्छ जिउँ बांचे जिउलाे रहन्छ भने जस्तै मानिसकाे जीवन बांचे पछि मात्र सडक बत्ती बाटाे लगायतका भाैतिक संरचनाकाे विकासकाे आभास लिन सकिन्छ ।स्वच्छ स्वास्थ जीवन नै सबैभन्दा ठूलो धन हाे ।
यहि सत्यलाई आत्मसात गरेर माझफाल क्षेत्रका बासिन्दाले सुलभ र सहज रुपमा आफ्नै घरआगनमा स्वास्थ्यउपचार गर्न सकुन भन्ने उद्देश्यले २०७१ सालमा माझफालमा भईरहेकाे प्राथमिक स्वास्थ्य चाैकीलाई स्तरबृद्दि गर्दै स्वास्थ्य चाैकी हुदै प्रसुति केन्द्र ( सेन्टर ) काे रुपमा भब्य आलिसान भवन निर्माण गरिएकाे थियाे ।
आबश्यक उपकरण दक्ष स्वास्थ्यकर्मी र सुलभ आैषधी ब्यवस्थापन हुने कुराले यस क्षेत्रका नागरिकलाई जिवनमा नयाँ संचारका साथ आशा पलाएको थियाे ।
ठुलिभेरीनगरपालिका केन्द्र जुफाल देखि झण्डै २४ किलोमिटरको दुरिमा छ माझफाल स्वास्थ्य चाैकी ।सेवाप्रवाहकाे दृष्टिले स्वास्थ्य चाैकीकाे क्याचमेन्ट एरियाकाे जनघनत्व पनि बाग्लाे मानिन्छ
कांडातालि,थरगाउँ,दुरगाउ,लाहारा,हुं गाउँ र स्वास्थ चाैकी अवस्थित माझफाल गाउँ समेतका बस्ती गरि छ सय पैत्तिस घरधुरिका २ हजार ९ सय सत्तरी जनसंख्याकाे हाराहारीमा सेवाग्राही छन ।
प्राथमिक उपचार केन्द्र स्वास्थ्य चाैकी हुदै सुविधा सम्पन्न प्रसुति केन्द्र (सेन्टर ) काे नामाकरण सहितकाे भवन निर्माणले यहाँका नागरिकमा छाएकाे खुशि पछिल्लाे समयमा विस्तारै निराशामा परिर्णत हुँदै गएकाे छ ।
प्रसुति निर्माण संगैकाे अवस्थामा अपार साथ र विश्वास पाएकाे यहाँकाे स्वास्थ्य चाैकी(प्रसुति केन्द्र ) ले पछिल्लाे चरणमा नागरिक प्रतिकाे विश्वास गुमाउदै गएकाे छ ।
स्वास्थ्य चाैकी( प्रसुति केन्द्र ( सेन्टर) मा कार्यरत स्वास्थ्यकर्मीकाे संस्थाप्रतिकाे चरम लापरवाही,फितलो ब्यवस्थापन ,नागरिककाे स्वास्थ्य उपचारप्रतिकाे अनुउत्तरदायि कार्यशैली स्वास्थ्य चाैकीमा भइरहेकाे अपारदर्शी गतिविधि लगायतका कारणले नागरिकमा माझफाल स्वास्थ्य संस्था प्रतिकाे विश्वास गुम्दै गएकाे पाइएकाे हाे।
माझफाल प्रसुति केन्द्रमा अत्यावश्यकीय उपकरण नभएका भने हाेइनन् ।
प्रसुति केन्द्रमा महिला सशक्तीकरण केन्द्रको सहजीकरणमा वन हार्ट वर्ल्ड वाइडको सहयोगमा सामग्रीहरु हस्तान्तरण समेत गरिएको थियो। महिला सशक्तीकरण केन्द्रको सहजीकरणमा वन हार्ट वर्ल्ड वाइड नामक संस्थाले स्वास्थ्य संस्थामा चाहिने र त्यहाँ कार्यरत स्वास्थ्यकर्मी र ब्यवस्थापन पक्षकाे आवश्यकता एवं मागकाे आधारमा यथेष्ट उपकरणहरु सहयाेग गरेकाे भएपनि कतिपय उपकरण जनशक्तिको अभावले प्रयाेगमा आउन नसक्दा थन्किएर रहेका छन ।
माझफालस्थित प्रसुति केन्द्र सहितकाे स्वास्थ्य चाैकीकाे वर्तमान अवस्था सृजित समस्या र समाधानकाे लागि गर्नु पर्ने पहलका सन्दर्भमा सहयाेगी संस्था वान हर्टकाे सहयाेग तथा महिला सशक्तीकरण केन्द्रकाे समन्वयमा जिल्लास्तरीय अनुगमन गरिएकाे थियाे ।
जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर राेकायाकाे अगुवाईमा स्वास्थ्य सेवा कार्यालय दुनैका प्रतिनिधि ठुलिभेरीनगरपालिका स्वास्थ्य शाखा प्रमुख जिल्ला स्वास्थ्य सेवा कार्यालय प्रसुति सेन्टर प्रमुख र संचारकर्मि सहितकाे टाेली अनुगमनकाे लागि माझफाल पुगेकाे थियाे ।
स्वास्थ्य चाैकी( प्रसुति केन्द्र सहित) पानी पर्दा चुहिने जमिन भांसियर जतिखेर पनि जाेखिम निम्तिन सक्ने स्वास्थ्यकर्मी समयमा स्वास्थ्य संस्थामा नआउने आएपनि आवश्क आैषधि नहुंदा विरामीहरु खालि हात फिर्ता हुनु पर्ने कहिले काहीँ स्वास्थ्य संस्था नै बन्द रहने गरेकाे लगायतका समस्या अनुगमन टाेलिले पहिचान गरेकाे थियाे ।
प्रसुति केन्द्र सहितकाे स्वास्थ्य चाैकीकाे सम्पूर्ण पक्षकाे अनुगमन पश्चात् स्वास्थ्य संस्थामा स्थानीय सेवाग्राही सहितकाे सहभागितामा भएकाे अन्तरक्रिया तथा छलफल कार्यक्रमसहितकाे सर्वपक्षीय बैठकले प्रसुति केन्द्रका लागि चाहिने गर्भवती जांचकाे नाइट बाेर्ड लगायत अत्यावश्यक आैषधी ब्यवस्थापनकाे लागि स्वास्थ्य सेवा कार्यालयले तत्तकाल उपलब्ध गराउने निर्णय भएकाे छ ।
त्यसै गरि स्वास्थ्य भवनकाे भुई र भित्ता मर्मतकाे लागि सम्बन्धित वडाअध्यक्ष भिमबहादुर राेकाया र ठुलिभेरीनगरपालिका उपमेयर छिरिङ डाेल्मा महतले निजि लगानीमा सम्पन्न गर्ने स्वास्थ्य संस्थामा नियमित पिउने पानीको लागि बृहत् खानेपानी समितिले तत्तकाल ब्यवस्था गर्ने र स्थानीय नागरिक स्वास्थ्यकर्मी र स्वास्थ्य संस्था बीचकाे सम्बन्ध सुदृढ गर्न संस्था प्रति अपनत्वकाे भावना जागृत गर्न समय समयमा ब्यवस्थापन पक्षकाे बैठककाे लागि स्वास्थ्य चाैकी इन्चार्ज विकास कुमार शाहले समन्वय गर्ने निर्णय समेत भएकाे छ ।
अनुगमन तथा छलफल कार्यक्रममा जिल्ला समन्वय प्रमुख श्यामबहादुर राेकाया ठुलिभेरीनगर उपप्रमुख छिरिङ डाेल्मा महत वान हर्ट कार्यक्रमका जिल्ला संयाेजक नारायण प्रसाद धिताल महिला सशक्तीकरणका रणबहादुर कार्की स्वास्थ्य सेवा कार्यालयका अमरसिंह शाही गंगा ओझा ठुलिभेरीनगर स्वास्थ्य शाखा प्रमुख ताराकुमारी महतारा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि कमलकुमनरी गुरुङ डाेल्पान्युज अनलाइनका प्रकाशक तथा सम्पादक विष्णुप्रसाद देवकोटा र वडाअध्यक्ष भिमबहादुर राेकाय सहित सवर्साधारणकाे सहभागिता रहेकाे थियाे ।