डाेल्पा, पुस १४ गते । शे फाेक्सुण्डाे राष्ट्रिय निकुन्ज अन्तरगतका मुकुटेश्वर र त्रिपुरासुन्दरी मध्यवर्ती क्षेत्रका उपभोक्तहरुलाई राहत वितरण गरिएकाे छ ।
शे फाेक्सुण्डाे राष्ट्रिय निकुन्ज कार्यालय सुलिगाडकाे आयाेजनामा मुकुटेश्वर र त्रिपुरासुन्दरी मध्यवर्तीका उपभाेक्ताहरुलाई वन्यजन्तुबाट भएकाे क्षेति विवरणकाे आधारमा राहत वितरण गरिएकाे हाे ।
वन वन्यजन्तु र जैबिकविविधताकाे संरक्षणमा उपभोक्ताकाे सकरात्मक सहयाेग पुगाेस भनेर मलमपट्टीकाे रुपमा सानाे सहयाेग गरिएकाे निकुन्ज कार्यालयले जनाएकाे छ ।
वन्यजन्तुबाट क्षेति भएकाे राहत वितरण निर्देशिका २०८० अनुरुप मुकुटेश्वर मध्यवर्ती क्षेत्रका १२ जना उपभाेक्ता र त्रिपुरासुन्दरी मध्यवर्ती क्षेत्र उपभोक्ता समिति अन्तरगतका १४ जना उपभोक्ता गरेर २६ जनालाई १२ लाख ६० हजार रुपियाँ राहत वितरण गरिएकाे छ ।
राहत वितरणका साथै मध्यवर्ती क्षेत्रका पीडित उपभोक्ताहरुसंग वन वन्यजन्तु जैविकविविधता र पर्यावरणका सम्बन्धमा प्रकृति संरक्षणमा के कसरी सहयाेग पुर्याउन सकिन्छ भन्ने बारेमा एकापसमा अन्तरक्रिया गरिएकाे थियाे ।निकुञ्जका प्रमुख निमित्त संरक्षण अधिकृत विश्वबाबू श्रेष्ठकाे अध्यक्षतामा सराेकारवालासंग अन्तरक्रिया तथा राहत वितरण कार्यक्रममा भएकाे हाे ।
सहभागि त्रिपुरासुन्दरी- ७ छल घर भएका मुकुटेश्वर मध्यवर्ती क्षेत्रका उपभोक्ता मुन राेकायले राहत रकम बुझेपछि खुशि हुँदै भने वन्यजन्तु र हामी सबैकाे प्राण एउटै भएकाले सबैले बाच्न पाउने गरि एकाअर्कामा सहयाेग गर्नु पर्नमा अचेत प्राणी भएकाले बालिनालि तथा पशुजन्यबस्तुमा बन्यजन्तुबाट भएकाे गल्तीलाई प्रतिसाेध राख्न नपराेस भनेर सरकारले राहत दिएकाे बताए ।
त्रिपुरासुन्दरी नपा- १ का मध्यवर्ती उपभोक्ता भक्तबहादुर सार्कीले निकुन्जकाे राहतले आफुलाई ठुलाे सहयाेग पुर्याउने बताए ।
उनले भने सानाे मलमकाे रुपमा सहयाेग गरिएकाे भनिएपनि यसले आफ्नाे खच्चड ब्यवसायमा ठुलाे राहत पुग्ने छ ।
वन्यजन्तु तथा भैपरिबाट मृत्यु भएर क्षेति (घाटा)ब्यहाेरेका उपभोक्ताहरुलाई राहत वितरण गर्न आयाेजित कार्यक्रममा निकुञ्जका प्रमुख निमित्त संरक्षण अधिकृत बिश्वबाबू श्रेष्ठ रामबाण गुल्मका सेनानी विज्ञान विष्ट त्रिपुरासुन्दरी नपा-१ का वडाअध्यक्ष रामचन्द्र कुलाल मुकुटेश्वर मध्यवर्ती क्षेत्र र त्रिपुरासुन्दरी मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष गणेश राेकाय, चन्द्रमान सार्की र नेपाल पत्रकार महासंघ डाेल्पाका संस्थापक अध्यक्ष विष्णुप्रसाद देवकोटाले पीडित संरक्षण अभियानमा संलग्न उपभोक्ताहरुलाई राहत रकम वितरण गरेका थिए ।
राहत वितरण कार्यक्रममा बाेल्दै प्रमुख निमित्त संरक्षण अधिकृत बिश्वबाबू श्रेष्ठले जनसहभागिता विना प्रकृती संरक्षणकाे कल्पना सम्म गर्न नसकिने भएकाले निकुञ्ज मातहातमा गठित विभिन्न मध्यवर्ती क्षेत्र उपभोक्ता समिति र त्यस क्षेत्रका उपभोक्ताहरुकाे सकारात्मक सहयाेग समन्वय सहकार्य र सम्बन्ध अनिर्वाय रहेकाे उल्लेख गरे ।
विगतका वर्षहरुदेखिकाे वितरण गर्नु पर्ने राहत कतिपय अवस्थामा पुनर्पुष्टि गर्न यथार्थ विवरण बुझ्न र प्रकृयागत रुपमा अगाडि बढ्ने लगायतका कारणले वितरण नभएकाे राहत आफू डाेल्पामा आउना बित्तिकै प्रकृया अगाडि बढाएर सम्बन्धित मध्यवर्ती उपभोक्ता समितिकाे कार्य क्षेत्रमै पुगेर वितरण गरिएकाे संरक्षण अधिकृत श्रेष्ठको भनाई थियाे ।
कतिपय उपभोक्ता समितिले फजुल विवरणकाे आधारमा राहतकाे लागि सिफारिस गर्ने गरेकाे जनगुनासाे समेत आउने गरेकाले अबका दिनदेखि स्थानीय सरकारका रुपमा रहेका सम्बन्धित वडाअध्यक्षकाे क्षेतिविवरण सिफारिस लागू गरिएकाे र निकुञ्ज क्षेत्रसंग भएका पालिका र नगरहरुमा प्रकृति तथा नदिजन्यबस्तुकाे समेत दाेहन भई राजश्व चुहावट भएकाे गुनासाे आएपछि नियमन र अनुगमन तथा कार्वाही प्रकृयालाई प्रभावकारी बनाईदै लगिइएकाे समेत निमित्त प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताए ।
रामबाण गुल्म सुलिगाडका सेनानी विज्ञान विष्टले निकुन्जले प्रदान गरेकाे राहतलाई साने घाउमा मलमकाे रुपमा बुझिदिन आग्रह गर्दै निकुन्ज संग घुलमिल भएर मिलेर काम गर्नुका साथै सकारात्मक साेचका साथ संरक्षणमा थप सहयाेग गर्न उत्प्रेरित गर्ने कार्यमा याे प्रयासले सहयाेग पुग्ने बताए।
शे फाेरानि मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिका अध्यक्ष गणेश राेकायले मान्छेले बिगार्ने र मान्छेले नै बनाउन सक्ने भएकाले सम्बन्धित मध्यवर्ती क्षेत्र उपभोक्ता समितिले उठाएकाे राजश्व साेही ठाउँको विकास निर्माणमा खर्च गर्ने प्रावधानको पहल भईरहेकाे जानकारी दिए ।
स्थानीय सरकारका प्रमुख तथा जनप्रतिनिधिले निकुन्जसंग साैतेनि ब्यवहार गरिरहेकाले एकापसमा विकास निर्माणमा हातेमालाेकाे जरुरत रहेकाे राेकायकाे भनाई थियाे ।
त्रिपुरासुन्दरी नपा-१ का वडाअध्यक्ष रामचन्द्र कुलाल र पत्रकारमहासंघका संस्थापक अध्यक्ष विष्णुप्रसाद देवकोटाले संरक्षणकाे क्षेत्रमा राहत वितरणले उपभोक्तामा अपनत्वकाे विकास हुन जरुरत रहेकाे र विविध कारणले क्षेति ब्यहनेरेर पनि राहत प्राप्ति गर्न नसकेका प्रकृयाग हिसावले छुटेकालाई राहत प्राप्तिमा समेट्न सुझाएका थिए ।कार्यक्रमकाे सहजिकरण शे फाेक्सुण्डाे राष्ट्रिय निकुन्जका बरिस्ठ रेन्जर यज्ञबहादुर राेकायले गरेका थिए ।कार्यक्रममा निमित्त प्रमुख संरक्षण अधिकृत श्रेष्ठ र रामबाण गुल्मका सेनानी विष्टलाई त्रिपुरासुन्दरी मध्यवर्तीका अध्यक्ष चन्द्रमान सार्कीले राईका लगाएर स्वागत तथा सम्मान गरेका थिए ।