हिमाली जिल्ला डाेल्पाकाे दुनैमा भेडाकाे सांढ जुधाइ प्रतियोगिता गरिएकाे छ ।
जिल्ला समन्वय समिति डाेल्पाकाे आयाेजना तथा काईके गाउँपालिका,डोल्पाकाे संयाेजनमा पहिलाे पटक ऐतिहासिक रुपमा भेडाकाे सांढ जुधाइ प्रतियोगिता गरिएकाे हाे ।
७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस- २०८१ काे अवसरमा डाेल्पाकाे सदरमुकाम दुनै बजारमा आयाेजित भेडा साँढ जुधाइ प्रतियोगितामा ७ ओटा भेडाका सांढलाई प्रतिस्पर्धा गराइएकाे थियाे ।
भेडा सांढ जुधाइ तथा मैत्रीपूर्ण फुटबल खेलकाे जिल्ला समन्वय प्रमुख श्यामबहादुर राेकायाले ब्यानार खाेलेर बाचनसहित उद्घाटन गर्नु भयाे ।
फागुन ६ गते पहिलो पटक पहिलो दिन संचालित साँढ जुधाइ प्रतियोगितामा ठुलिभेरीनपा-४ तिप्ला निवासी विश्व बुढाकाे सांढ प्रथम नरसिंह बुढाकाे सांढ दाेर्साे र ठुलिभेरी-१० रह निवासी आनन्द महतकाे सांढ तेर्साे भएका छन ।
पहिलाे दाेर्साे र तेर्साे स्थान हासिल हुने भेडाका सांढ धनिहरुलाई क्रमश ८ हजार ६ हजार र ४ हजार रुपियाँ प्रजातन्त्र दिवसकाे दिन फागुन ७ गते वितरण गरिने आयाेजकले जनाएकाे छ ।
कार्यालय प्रमुख जनप्रतिनिधि बीचकाे मैत्रीपूर्ण फुटबल तथा सांढ जुधाइ प्रतियोगिताकाे उद्घाटन गर्दै जिल्ला समन्वय प्रमुख राेकायाले यस्ता खेलकुद प्रतियाेगिताले खेलप्रेमीहरुलाई मनाेरन्जन प्रदान गर्ने बताउनु भयाे ।
भेडा जुधाइ कार्यक्रम माैसम अनुकुल सान्दर्भिक नभएपनि मनाेरन्जनात्मक हिसावले महत्वपूर्ण अर्थ राख्ने उल्लेख गर्नु भयाे ।
नयाँ तथा पहिलाे पटक सांढ जुधाइ प्रतियोगिता गरिएकाेले भेडा सांढ जुधाइ हेर्न सदरमुकामबासी दर्शकहरुकाे बाग्लाे उपस्थिति रहेकाे थियाे ।प्रजातन्त्र दिवसकाे दिनमा विभिन्न सास्कृतिक कार्यक्रम प्रस्तुत गरिने र फागुन ८ गते जिल्लाकाे सर्वाधिक लाेकप्रिय प्रतियोगिता घाेडा दाैड गरिने छ ।