ताजा समाचार

पार्टी पुनर्गठनको पाँचौँ वर्ष प्रवेश :डोल्पामा बिरामीलाई हर्लिक्स र फलफूल वितरण

विष्णुप्रसाद देवकोटा

डाेल्पा भदौ ९ गते नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पुनर्गठन भई पाँचौँ वर्षमा प्रवेश गरेको अवसरमा डोल्पामा विभिन्न कार्यक्रम गरिएको छ।

बर्षगाठकाे अवसरमा जिल्ला अस्पताल डाेल्पामा उपचाररत बिरामीहरूलाई हर्लिक्स, जुस र फलफूल वितरण गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो।

पाटी अध्यक्ष छक्कबहादुर धराला,पाेलिट ब्युरो सदस्य हंशबहादुर शाही र केन्द्रीय सदस्य तथा सह इन्चार्ज हरिप्रसाद डांगी जिल्ला समन्वय उपप्रमुख तेजेन्द्र बुढा सहितका नेता कार्यकर्ता अस्पताल पुगेर विरामीहरुलाई हर्लिक्स तथा फलफूल वितरण गरेका हुन ।त्यसैगरी पार्टी कार्यालयमा शुभकामना आदान–प्रदान कार्यक्रम समेत गरिएकाे थियाे ।

तपाईको प्रतिक्रिया