विष्णुप्रसाद देवकोटा
आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनकाे लागि डाेल्पाका सत्ता साझेदार दलहरुले उम्मेदवार सिफारिस गरेका छन ।
त्रिपुरासुन्दरी नगरपालिका वडा-५ ल्हाँमा वडाअध्यक्षकाे लागि नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेदवार सिफारिस गरेका हुन ।
नेपाली कांग्रेस जिल्ला कार्यसमितिले वडाअध्यक्ष उम्मेदवारकाे लागि वडानम्वर- ५ कि हिरा राेकाया मनबहादुर झाक्री र खदाङका राजेन्द्र न्याैपाने सहित ३ जनाकाे नाम वडा अध्यक्ष उम्मेदवारकाे लागि नेपाली कांग्रेस कर्णाली प्रदेश समिति सुर्खेतमा सिफारिस गरि पठाइएकाे नेपाली कांग्रेसका चन्द्रलाल धरालाले बताउनु भयाे ।
यसैगरी नेकपा एमालेले पनि वडाअध्यक्ष उम्मेदवारकाे लागि राजकान्त राेकाया नरबहादुर राेकाया र जुन राेकाया गरि तीन जनकाे नाम प्रदेश कमिटी सुर्खेतमा पठाएकाे जिल्ला इन्चार्ज लंकबहादुर राेकायाले जानकारी दिनु भयाे ।
२०७९ बैशाख ३० गते सम्पन्न भएकाे स्थानीय तहकाे निर्वाचनमा नेकपा एमालेकाे चुनाव चिन्हबाट निर्वाचित वडा अध्यक्ष नन्दलाल राेकायाकाे गत वर्षकाे माघ महिनामा दमका कारण निदन भएपछि त्रिपुरासुन्दरी नपालिकाकाे वडा- ५ ल्हाँ मा वडाअध्यक्ष पदकाे लागि उपनिर्वाचन हुन लागेकाे हाे ।