ताजा समाचार

डोल्पाका युवक भारतमा भालुको पित्त र चरेससहित पक्राउ

डाेल्पान्युज डेक्स

भारतको उत्तराखण्डमा “ड्रग फ्री देवभूमि अभियान” अन्तर्गत प्रहरीले डोल्पाका सुर्यबहादुर बुढाथोकीलाई पक्राउ गरेको छ।धारचुला कोतवाली प्रहरी, एसओजी र वन विभागको संयुक्त टोलीले पिथौरागढमा चेकजाँच गर्ने क्रममा उनलाई नियन्त्रणमा लिएको हो।

चेकजाँचमा बुढाथोकीसँग २ किलो ३ सय ग्राम चरेस र १ सय ७५ ग्राम भालुको पित्त बरामद भएको भारतीय प्रहरीले जनाएको छ। बरामद चरेसको अन्तर्राष्ट्रिय मूल्य झन्डै ४ लाख ६० हजार भारतीय रुपैयाँ र भालुको पित्तको मूल्य करिब १ करोड भारतीय रुपैयाँ अनुमान गरिएको छ।

पक्राउ परेकामाथि एनडीपीएस ऐन ८ र २० तथा वन्यजन्तु संरक्षण ऐन ४०, ४९, ५० र ५१ अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको भारतीय प्रहरी अधिकारी एसएस बिले जानकारी दिएका छन्।पक्राउ परेका युबक डाेल्पा कुन पालिकाका हुन भन्ने प्रहरीले खुलाएको छैन ।

तपाईको प्रतिक्रिया