डाेल्पा,कार्तिक २७ गते ।
हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले न्यायिक समितिमा परेका उजुरी व्यवस्थापन तिव्र रुपमा गर्न थालेको छ । नागरिकको नजिक मुख्य सरकार स्थानीय सरकार माताहतमा रहेको न्यायिक समितिले आ.व.
२०७७/०७८ देखि यता नियमित कामकार्य गर्न थालेको छ । उक्त समय भन्दा अगाडी मेलमिलापका काम भएता पनि डकुमेन्टेसन नहुदा तथ्यांक नदेखिएको हो साथै न्यायिक समतिलेको क्षेत्रअधिकार स्पस्ट नहुदा काम गर्न समस्या भएको त्रिपुरासुन्दरी नगरपालिका तत्कालीन नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक चन्द्रा कुमारी बुढाले बताएकी छिन् ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका न्यायिक समितिमा सवै भन्दा बढी लेनदेन त्यस पछि सामान्य झैझगडा गालिब्यईजती,वनचरिचरण लगाएतका विषयमा उजुरी दर्ता हुने गरेको नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक देवि घर्तीले जानकारी दिईन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ को उपदफा २ बमोजिम न्यायिक समितिले मेलमिलाप प्रक्रियाबाट उजुरी निरोपण गर्ने गरेको संयोजक घर्तीले बताएकी छिन् ।
त्रिपुरासुन्दरी नगरपालिका न्यायिक समितिको प्रतिवेदन अनुसार आ.व. २०७७/०७८ मा जम्मा ३३ वटा उजुरी दर्ता भएकोमा केहि दुवै पक्ष संग छलफल गरि मेलमिलाप भएको र केहि उजुरी दिने व्यक्ती सम्पर्कमा नआउदा (डिसमिस) भएका छन । यस्तै आ.व. २०७८/०७९ मा जम्मा ७ वटा निवेदन दर्ता भएकोमा ७ वटै मुद्धा दुवै पक्षलाई छलफल गरि मेलमिला गरिएको छ । यस्तै आ.व. २०७९/०८० मा जम्मा २६ वटा निवेदन न्यायिक समितिमा दर्ता भएकोमा १९ वटा मुद्धा दुवै पक्ष विच छलफल गरि टुंग्याईएका छ भने बाकीँ ७ वटा मुद्धा लाई नयाँ आर्थिक बर्षमा टुंगो लगाउने गरि नविकरण गरिएको त्रिपुरासुन्दरी नगरपालिका डोल्पाका न्यायिक समिति सल्लाहकार पूर्ण प्रसाद हमालले जानकारी दिए । यस आ.व.२०८०/०८१ श्रावण कार्तिक दोस्रो साता सम्म न्यायिक समितिमा २ वटा गालिबेईजती,३ वटा पशुवस्तु चरिचरण,४ वटा आर्थिक लेनदेनको विषयमा गरि जम्मा ९ वटा उजुरी दर्ता भएकोमा ३ वटा निवेदन किनारा लागिसकेको र बाकीँ छलफलको लागि तामेली पत्र पठाएको कानुनी सल्लाहकार हमालले बताए ।
पछिल्लो समय डोल्पाका स्थानीय सरकारका न्यायिक समितिले क्षेत्रअधिकार भित्र रहेको दर्ता भएका उजुरीको छलफल मार्फत मेलमिलाप गराउने गरेका छन । न्यायिक समितिकका पदाधिकारी र कर्मचारीलाई क्षेत्रअधिकार संम्बन्धी आधारभुत तालिमको आवश्यक रहेको आवाज उठ्दै आएको छ ।