ताजा समाचार

जडीबुटी संकलन गर्न गएका सात जुम्ली बेपत्ता

डाेल्पा,फागुन २२ गते ।जुम्लाको तातोपानी गाउँपालिका- ४ गिडीदह क्षेत्रमा पर्ने बजेडी पाटनमा जडीबुटी संकलन गर्न गएकाहरु फेरि सम्पर्कविहीन भएका छन्। सोही गाउँपालिका– ७ बाँरागाउँ र मुछालदेउ गाउँका पाटनमा सम्पर्कविहीन भएका हुन्।

मुछालदेउका अत रावतसहित सातजना जडीबुटी संकलक पाटनमा पुन: सम्पर्कविहीन भएको वडाध्यक्ष अमरबहादुर रोकायाले बताए। उनले तीन दिनअघि उनीहरूसँग सम्पर्क भएको बताए।

सात जनामध्येका अत रावतसँग फोन सम्पर्क हुँदा ‘बजेडी पाटनको ओडारमा सुरक्षित बसेका छौँ’ भनेका थिए। मौसम खुलेपछि घर फर्किने खबर थियो। तर, आजभो-लि उनी सम्पर्कमा छैनन्। ‘उद्धारका लागि जिल्ला प्रशासन कार्यालय जुम्लामा पत्राचार गरेका छौँ,’ वडाध्यक्ष रोकायाले भने, ‘प्रशासनले पनि गृह मन्त्रालयमा पत्राचार गरेको छ।’

पाटनमा सम्पर्कविहीन हुनेमा मुछालदेउ गाउँका अत रावत, संसार थापा र दीपा रावत रहेका छन्। यस्तै, बाँरागाउँका हरिशोभा रावत, सुशीला रावत, गोरी रावत, र जगमती रोकाया सम्पर्कविहीन भएका छन्।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेकाअनुसार हिमपातका कारण पाटनमा सम्पर्कविहीन भएका नागरिकको उद्धारका लागि गृह मन्त्रालयमा पत्राचार गरिएको छ।

उनले भने, ‘कर्णाली प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालयले हेलिकाेप्टरको खर्च व्यहोर्ने भएपछि उद्धार हुने जानकारी प्राप्त भएको छ। यस विषयमा आन्तरिक मामिला मन्त्रालयसँग कुरा भइरहेको छ।’

तपाइको प्रतिक्रिया

error: Content is protected !!