डाेल्पा,फागुन २१ गते । (माओवादी केन्द्र) र नेकपा (एमाले)सहितका दलहरूबीच नयाँ गठबनधन बनाउने सहमित भएको छ ।
आइतवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दलहरूको बैठकमा नयाँ गठबन्धन सरकार बनाउने सहमति भएको उच्च स्रोतले बताएको छ ।
स्रोतका अनुसार नयाँ गठबन्धन सम्भवत: आजै घोषणा हुने सम्भावना छ । गठबन्धनमा एमाले र माओवादीसहित रास्वपा र जसपालगायत दलहरू सामेल हुने छन् ।
साेमबार विहान टीआरसी विधेयक टुंग्याउने सम्भावना छ । लगत्तै प्रधानमन्त्री प्रचण्डले अहिलेको गठबन्धनधारी दलहरूलाई बोलाएर नयाँ परिस्थिबारे जानकारी गराउने उच्च स्रोतले जानकारी दियो ।
आइतबार एमाले अध्यक्ष ओलीले प्रचण्डसँग दुई पटक भेटवार्ता गरेका थिए ।
बालुवाटारमा बिहान एक्लै भेटवार्ता गरेका ओलीले साँझ महासचिव पोखरेलसहित प्रचण्डसँग छलफल गरेका थिए ।
ओली प्रचण्ड छलफललगत्तै एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादी उपमहासचिव पुन र रास्वपा सभापति लामिछानेबीच छलफल भएको थियो ।
आइतबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवाले पनि पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीसँग छलफल गरेका थिए । देउवाले मन्त्रीबाट फिर्ता आउनु पर्ने र पार्टीले नै सरकार छाड्ने सम्मको परिस्थिति आउनेतर्फ मन्त्रीलाई ब्रिफिङ गरेको कांग्रेसका एक मन्त्रीले डाेल्पान्यूजलाई बताए ।