विष्णुप्रसाद देवकोटा
जिल्ला स्वास्थ्य सेवा कार्यालय डाेल्पाकाे आयाेजनामा आर्थिक बर्ष २०८०/२०८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुकाे बार्षिक समीक्षा तथा याेजना तर्जुमा सम्बन्धि दुई दिने गाेष्ठी डाेल्पाकाे दुनैमा सम्पन्न भएकाे छ ।
बार्षिक समीक्षा तथा याेजना तर्जुमा गाेष्ठीमा स्वास्थ्य संस्थाहरुकाे बार्षिक कार्यक्रमकाे स्वमुल्याङकन तथा समीक्षा स्वास्थ्य सेवा प्रवाहा गर्दा आइपरेका समस्या र समाधानका उपाया स्वास्थ्य सेवा र तथ्यांक सुधारका लागि आवश्यक छलफल लगायत प्रभावकारी स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक मार्गनिर्देशनका साथै आगामी कार्ययोजनामा केन्द्रित रहि विचारविमर्शका साथ छलफल गरिएकाे थियाे ।
विगतकाे तुलनामा स्वास्थ्य सेवा प्रवाहाकाे अवस्था सुधारउन्मुख रहेकाे दुर्गम विकट भएकाले इन्टरनेट लगायत नयाँ प्रविधिमैत्री उपकरणकाे अभाव रहनुका साथै अधिकांश स्वास्थ्य संस्था सेवाग्राहीकाे लागि अपायक रहेकाेले पनि भने अनुरुपकाे उपलब्धि हात पर्न नसकेकाे स्वास्थ्यकर्मीकाे भनाई रह्याे ।
समापन कार्यक्रममा बाेल्दै प्रमुख अतिथि तथा जिल्ला समन्वय उपप्रमुख तेजेन्द्र बुढाले समीक्षा कार्यक्रमले विगतका कमिकमजाेरी सुधार गर्दै थप सुदृढ बनाउन सहयाेग पुग्ने बताउनु भयाे ।
स्वास्थ्य नै धन भएकाले यसलाई नारादिएसरह सार्थक बनाउन तर्फ सबैकाे सकरात्मक चिन्तन साेच र विचार आवश्यक पर्ने भएकाले जिल्ला अस्पताल सबैकाे साझा भएकाले सबै स्थानीय तहले स्वास्थ्य सेवामा वजेट विनियोजन गरि प्राथमिकताका साथ सहयाेग गर्नु पर्नेमा उपप्रमुख बुढाले जाेड दिनु भयाे ।
ठुलिभेरीनगरपालिका- ३ वडा दुनैका अध्यक्ष भक्तबहादुर भण्डारीले मिथ्याङक नभएर सत्यतथ्य सहितकाे तथ्यांक ल्याउन सके स्वास्थ्य क्षेत्रकाे विकासकाे सुचकमा थप गर्न सकिने उल्लेख गर्दै मिथ्याङकले स्वयम् आफू र संस्थागत घाटा हुने बताउनु भयाे ।
समापन कार्यक्रमका अध्यक्ष तथा स्वास्थ्य सेवा कार्यालय डाेल्पाका प्रमुख डाक्टर रत्नविर सुनारले डाेल्पा जस्ताे जाेखिमयुक्त क्षेत्रमा रहेर जस्ताेसुकै जाेखिमलाई छिचाेलेर स्वास्थ्य सेवा प्रवाहमा तल्लिन हुनु हुने स्वास्थ्यकर्मी धन्यवादका पात्र भएकाे बताउनु भयाे ।
स्थानीय जनप्रतिनिधि नागरिक समाज प्रशासन लगायत राजनितीक दलहरुकाे सकरात्मक सहयाेग समर्थन विना स्वास्थ्य सेवा प्रवाहमा सुधार असम्भव भएकाले समन्वय सहकार्य र आपसी सद्भाव निरन्तर रहनु पर्नेमा डाक्टर सुनारले जाेड दिनु भयाे ।
बार्षिक समीक्षाकाे अवसरमा भएकाे सम्मानलाई अन्याथा नलिई राम्राे कुराकाे अनुसरण र उत्प्रेरित तर्फ आफुलाई ढाल्न सके आगामी दिनमा सफलता हात पार्न सहज हुनेमा सम्मानलाई बुझ्नु पर्ने बताउदै आफ्नाे कार्यकालमा सबै कार्यालयपरिवारकाे साथसपाेट पाएकाेले मात्र परिवर्तन सफल भएकाले आगामी दिनहरुमा पनि आफुनरहेपनि सकरात्मक र उन्नति प्रगति भएकाे सुन्न पाउने अवसर पाउने अपेक्षा गरेकाे डाक्टर सुनारले बताउनु भयाे ।
बार्षिक समीक्षा तथा याेजना तर्जुमा गाेष्ठीमा विभिन्न पालिकास्तरका स्वास्थ्य संस्थामा बसेर उत्कृष्ट काम गर्ने र स्वास्थ्य सेवा कार्यालयका साथै जिल्ला अस्पतालमा रहेर उत्कृष्ट सेवाप्रवाहा गरेका चिकित्सक तथा कर्मचारीलाई सम्मान गरिएकाे थियाे ।