विष्णुप्रसाद देवकोटा
गएराती परेकाे अविरल बर्षाले त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ३ जिउँ गाउँमा रहेकाे श्री महादेव आधारभूत बिधालयमा क्षेति पुर्याएकाे छ ।बाढी पस्दा ४ वटा कक्षा काेठामा क्षेति भएकाे विद्यालयले जनाएकाे छ ।
शनिवार राति परेकाे अविरल वर्षा संगै गाउँबाट आएकाे बाढीले महादेव आधारभुत बिधालयकाे ४ वटा काेठामा लेदाे माटाे सहितकाे बाढीले कक्षा काेठा डुवानमा परेकाे महादेव आधारभूत विधालय जिउका प्रधानाध्यापक राम बहादुर गुरुङले डाेल्पान्युजलाई बताउनु भयो ।
प्रधानाध्यापक गुरुङले बिधालय भन्दा माथि गाउँ र पाखाे जमिन रहेकाेले अत्यधिक वर्षा भयाे भने पटकपटक कक्षा काेठाहरुमा बाढी पस्ने गरेकाे जानकारी दिनु भयाे।
बाढीले चार वटा काेठामा रहेका शैक्षिक सामाग्री,काठकाे सिलिङ, डेस्क बेन्च लगाएका सामाग्रीमा क्षेति भएकाे छ। शनिबार रातिकै बाढीले उक्त बिधालयकाे पर्खाल पनि भत्किएको छ ।
महादेव आधारभूत बिधालयमा छात्रा र छात्र गरि १ सय १८ जना बालबालिका अध्ययन गर्छन।
आईतवार विहाना विधालय परिवार र स्थानीयकाे सहयाेगमा केही सामान निकालेकाे र बाढीले कक्षा काेठामा पसेकाे माटाेकाे लेदाे पन्छाउने काम गरेता पनि बालबालिका बस्न नमिल्ने भएपछि एक दिनकाे लागि बिधालय नै बन्द गर्नु परेकाे प्रधानाध्यापक गुरुङले बताउनुभयो ।