प्रधानमन्त्री कृषि आधुनिकीकरण परियाेजना परियाेजना कार्यान्वयन इकाई दुनै डाेल्पाले आगामी आर्थिक बर्ष २०८२/०८३ काे लागि बार्षिक याेजना तर्जुमा गाेष्ठी सम्पन्न गरेकाे छ ।
जिल्लास्थित सराेकारवाला सरकारी तथा गैससका प्रमुख र कार्यक्रम संचालित क्षेत्रका कृषकहरुकाे सहभागितामा प्रस्तावित बार्षिक याेजना तर्जुमा कार्यशाला सम्पन्न भएकाे हाे ।
जिल्ला समन्वय समिति डाेल्पाकाे सभाहलमा याेजना तर्जुमा गाेष्ठीका अध्यक्ष तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियाेजना परियाेजना कार्यान्वयन इकाई दुनैका प्रमुख गाेविन्द बहादुर मल्लकाे अध्यक्षतामा भएकाे कार्यक्रममा जिल्ला समन्वय प्रमुख श्यामबहादुर राेकाया ठूलिभेरीनगर उपप्रमुख छिरिङ टाेल्मा महत प्रमुख जिल्ला अधिकारी राेमबहादुर महत नेपाली कांग्रेस डाेल्पाका सचिव हिक्मत शाहीनेकपा एमालेका अध्यक्ष लंकबहादुर राेकाया नेकपा माओवादी केन्द्रका धर्मजित बाेहाेरा र एकीकृत समाजवादीका केन्द्रीय सदस्य हरिप्रसाद डांगी लगायतका सराेकारवालाहरुकाे सहभागिता रहेकाे थियाे ।
आर्थिक बर्ष २०८२/०८३ का लागि प्रस्तावित कार्य याेजनामा काेल्डस्टाेर निर्माण यान्त्रिक मेसिन र आेजारकाे संख्यामा बृद्दि ढुवानी अनुदानमा जाेड गरा सुधार कृषकलाई अध्यान भ्रमणमा प्राथमिकता स्याउका काटुन खरिदमा संख्या बढाइने र नर्सरी निर्माणमा जाेड दिइनु पर्ने लगायतका याेजना प्रस्ताव गरेकाे छ ।
त्यसैगरी सिचाइ घेराबार बगैँचा सुदृढीकरण स्याउ जाेन क्षेत्रमा पनि आलु सिमि र ओखर जाेन जाेड्नु पर्ने स्याउ र सिमि जाेनमा जैबिक मल उत्पादनमा जाेड दिई अनुदान ब्यवस्थामा जाेड सिमि सम्बन्धित स्थलगत अध्यनयनका साथै तालिमकाे ब्यवस्थापनमा जाेड सिमि ब्राण्डिङ तथा प्याकेजिङमा उत्पादन बजारिकरणमा जाेड सिमि क्षेत्र विस्तार र ढुवानीमा अनुदान ब्यवस्था गरिनुका साथै उत्कृष्ट कृषक छनाैट गरि भ्रमणमा लाने ब्यवस्थाका कार्यक्रम प्रस्तावित गरिनु पर्ने कार्यशाला गाेष्ठी( याेजना तर्जुमा)का सहभागिहरुले जाेड दिएकाे परियाेजना कार्यान्वयन इकाई दुनैका प्रमुख मल्ले जानकारी दिनु भयाे ।