ताजा समाचार

नेकपा(एमाले) त्रिपुरासुन्दरी नगरकमिटीको चौथो अधिवेशन सम्पन्न:अध्यक्षमा चन्द्रखर बुढा

नेकपा(एमाले) त्रिपुरासुन्दरी नगरकमिटीको चौथो अधिवेशन  सम्पन्न भएको छ । चन्द्रखर बुढाको नेतृत्वमा  सर्बसम्मत रुपमा नगर कमिटी  चयन भएकाे हाे ।

चाैथाे नगर अधिबेशनले अध्यक्षमा चन्द्रखर बुढा, उपाध्यक्षमा भिमबहादुर बुढा, सचिवमा तुलाराम के.सी., उपसचिवमा नन्दबहादुर पुन, उपसचिवमा सम्झना झाँक्री लगायत ६६ सदस्यीय त्रिपुरासुन्दरी नगरकमिटी सर्बसम्मत रुपमा चयन गरिएको हो ।

यसैगरी  लेखा आयोगको संयोजकमा मनबहादुर बुढा र सदस्यमा बिषा पुनलाई सर्वसहमतिबाट चयन गरिएको नेकपा(एमाले) जिल्ला कमिटी डोल्पाका अध्यक्ष लंकबहादुर रोकायले बताउनु भयो ।

नव निर्वाचित अध्यक्ष लगायत सबै पदाधिकारी र सदस्यहरुलाई  केन्द्रिय सदस्य एवम् डोल्पा जिल्ला इन्चार्ज बद्मीक्वाँरी बोहोरा, र नेकपा एमाले डोल्पाका अध्यक्ष लंकबहादुर रोकायाले  खादा अबिर लगाइदिएर कार्यकाल सफलताकाे शुभकामना सहित  बधाई दिनु भएकाे थियाे ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!