डोल्पा न्युज डेस्क:कालीकोटको तिलागुफा-४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का खडकराज शाही विजयी भएका छन् । 
आज भएको मतदानमा शाहीले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका नैशोभा शाहीलाई २८ मतको अन्तरले पराजित गरेका हुन्।
विजयी नेमकिपाका उम्मेद्वार खड्कराज शाहीले १४३ मत प्राप्त गरेका थिए भने नेकपा माओवादी केन्द्रकी उम्मेद्वार नैशोभा शाहीले ११५ मत प्राप्त गरेकी थिन।

डोल्पा न्यूज । १६ मंसिर २०८१, आईतवार २०:२०