विष्णुप्रसाद देवकोटा
डोल्पा । ‘स्थानीय स्रोत र साधनको उपयोग, स्वामित्व र सहभागिता: पूर्णखोप जिल्ला हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ डोल्पा जिल्लामा पूर्णखोप सुनिश्चितता, निरन्तरता तथा दिगोपनासम्बन्धी घोषणा सभा भव्य रूपमा सम्पन्न भएको छ।
जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्यामबहादुर रोकायाको अध्यक्षतामा, स्वास्थ्य सेवा कार्यालय डोल्पाको समन्वयमा र जिल्ला खोप समन्वय समितिको आयोजनामा सम्पन्न उक्त घोषणासभाले स्थानीय स्वामित्व, सहकार्य र सामुदायिक सक्रियता बिना दिगो पूर्णखोप सम्भव नहुने स्पष्ट सन्देश दिएको छ।
घोषणासभाको मूल उद्देश्य जिल्लाभित्रका सबै लक्षित बालबालिका र आमाबुबासम्म खोप सेवाको सुनिश्चित पहुँच विस्तार गर्नु, हालसम्म प्राप्त उपलब्धिको निरन्तरता कायम राख्नु र पूर्णखोप कार्यक्रमलाई दिगोपनाको बाटोमा डो¥याउनु हो।
कार्यक्रममा स्थानीय सरकार, स्वास्थ्य संस्थाका प्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी लगायत सरोकारवाला संघसंस्थाहरूको उल्लेखनीय उपस्थिति रह्यो।
भौगोलिक रुपमा अति दुर्गम डोल्पामा खोप अभियान सञ्चालन गर्नु चुनौतीपूर्ण कार्य हो। तर पनि स्वास्थ्यकर्मी, स्थानीय तह र समुदायको सहभागिताले जिल्लाले पूर्णखोपको दिशामा सकारात्मक प्रगति गरिरहेको विभिन्न वक्ताहरूले बताए।
वक्ताहरूले स्थानीय स्रोत परिचालन, स्वास्थ्य सेवा प्रदानमा सामुदायिक स्वामित्व र सहभागितालाई पूर्णखोप सफलताका आधारस्तम्भको रूपमा उल्लेख गरे। स्वास्थ्य मन्त्रालय तथा साझेदार संस्थाहरूको सहयोगप्रति आभार व्यक्त गर्दै खोप पहुँच थप मजबुत बनाउने प्रतिबद्धता समेत जनाइएको थियो।
घोषणासभामा विभिन्न वक्ताहरूले आफ्ना धारणा प्रस्तुत गरे:कार्यक्रममा सहभागी सबैले डोल्पालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गर्ने साझा प्रतिबद्धता व्यक्त गरे। जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा कार्यक्रम अध्यक्ष श्यामबहादुर रोकायाले स्वास्थ्यकर्मीको लगनशीलता, सूचनाको निरन्तरता र सामूहिक उत्तरदायित्वका कुरा उठाउँदै सबै तहको सक्रिय भूमिकाको आवश्यकता औंल्याए।दुधकुमारी हमाल (संविधानसभा सदस्य): डोल्पाको स्वास्थ्य चुनौतीको स्मरण गर्दै स्वास्थ्यकर्मीको योगदानप्रति उच्च कदर गरिन्।रोमबहादुर महत (प्रमुख जिल्ला अधिकारी): दिगोपना, निरन्तर अनुगमन र स्वयंसेवकहरूको सम्मान जरुरी रहेको धारणा राखे।छिरिङ टोल्मा महत (नगरउपप्रमुख ठुलिभेरि) स्थानीय तहको न्यून उपस्थितिप्रति चिन्ता व्यक्त गरिन।उनले भनिन् डाेल्पाजस्ताे दुर्गम र विकट ठाउँमा स्वास्थ्यकर्मीले खेलेकाे भूमिका महत्त्वपूर्ण छ ।
भक्त बहादुर भण्डारी (वडा अध्यक्ष ठुलिभेरि-३): स्थलगत भ्रमणमा देखिएका स्वास्थ्यकर्मी र शिक्षकको पीडाबारे चर्चा गर्दै, सबैले आ–आफ्ना दायित्व इमानदारीपूर्वक निर्वाह गर्नुपर्ने धारणा राखे।मुना रसाइली (नर्सिङ अधिकृत) ले खोप अभियानमा समर्पण दर्शाउने कविता वाचन समेत गरिन्।
३७ वर्षे सेवाको सम्मान र संस्थागत कदर
२०४५ सालदेखि खोप सेवा क्षेत्रमा योगदान पुर्याउँदै आएका टेकबहादुर गुरुङलाई कार्यक्रममै दोशल्ला ओढाएर प्रमाणपत्र सहित सम्मान गरियो। त्यस्तै, जिल्लाका आठवटै स्थानीय तहमा उल्लेखनीय भूमिका खेलेका स्वास्थ्य संस्थाहरूलाई प्रशंसा–पत्र प्रदान गरिएको थियो।कार्यक्रममा जिल्ला अस्पताल डाेल्पाका प्रमुख डाक्टर सिजन रावल लगायत विभिन्न कार्यालय प्रमुख सुरक्षा निकायका प्रमुख र संचारकर्मीहरुकाे उपसरहेकाे थियाे ।कार्यक्रमकाे संचालन जिल्ला अस्पताल चिकित्सा शाखा प्रमुख डाक्टर अखण्ड उपाध्यायले गरेका गिए ।
पूर्णखोप अभियान डोल्पाका लागि केवल स्वास्थ्यको सवाल होइन, यो समाजको साझा चेतना, उत्तरदायित्व र दिगो विकासको मूल यात्रासँग गाँसिएको विषय हो। यस घोषणासभाबाट डोल्पाले सुरक्षित, स्वस्थ र समुन्नत भविष्यतर्फ एक दृढ पाइला चालेको सन्देश दिएकाे छ ।

डोल्पा न्यूज । ३० असार २०८२, सोमबार १७:३०