ताजा समाचार

डाेल्पाकाे जगदुल्लामा नेकपा माओवादीकाे पालिका अधिबेशन सम्पन्न

डाेल्पाकाे जगदुल्ला गाउँपालिकामा नेकपा माओवादी केन्द्रले तेस्राे गाउँपालिका  अधिवेशन    सम्पन्न गरेकाे छ।

अधिवेशनबाट सर्वसम्मत रूपमा  भक्त सिंह रोकाया अध्यक्षमा निर्वाचित हुनुभएकाे छ । अधिबेशनले सचीवमा भुपेन्द्र शाही सहित ३७ सदस्यीय गाउँ कमिटि चयन गरेकाे छ ।

भेलामा पार्टीका नेता तथा केन्द्रीय सदस्य रामदिप आचार्य,पूर्व मन्त्री तथा कर्णाली प्रदेशसभा सदस्य वीरवहादुर शाही,जगदुल्ला गाउँपालिका अध्यक्ष नारासिंह रोकाया,मुड्केचुला गाउँपालिका अध्यक्ष तथा जिल्ला पार्टी सचिव दत्तवहादुर शाहीकाे सहभागीता रहेकाे छ ।

यसैगरी जिल्लास्तरीय नेताहरूमा विरमल कुमार भण्डारी,रणवहादुर कार्की र पालिकाका निर्वाचित जनप्रतिनिधि तथा नेता,कार्यकर्ताहरूकाे समेत सहभागिता रहेकाे थियाे।

कार्यक्रममा सहिद परिवार,घाइते अपाङ्ग र जनयुद्धका पुर्णकालिन सदस्य र द्वन्दपीडित सहित ५५ जनालाइ सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको थियो।

तपाइको प्रतिक्रिया

error: Content is protected !!