यूरोपियन यूनियनको आर्थिक सहयोग तथा प्लान इन्टरनेशनल नेपाल र समाज जागरण केन्द्र सुर्खेतको साझेदारीमा डोल्पा जिल्लाका ६ वटा स्थानीय तहका ५० वटा सामुदायीक बिद्यालयहरुमा स्टीम अहेड परियोजना कार्यान्वयनमा रहेको बेलामा यस्तो सामाग्री हस्तान्तरण गरेकाे हो ।
वालवालिकाको गुणस्तरीय शिक्षामा विभिन्न तवरले सहायत प्रदान गर्नका लागि स्टीम अहेड परियोजना मार्फत विभिन्न र्काहरु बिद्यालयमा भईरहेका छन् ।
स्थानीयतह तथा विद्यालयको सेवा प्रवाहलाई सुद्धिढिकरण गर्न, पछाडी परेका बालबालिकाहरुलाई विभिन्न तवरले शैक्षिक सहायत प्रदान गर्न स्टीम अहेड परियोजना सन २०२१ जनवरीबाट डोल्पा जिल्लामा कार्यान्वयनमा रहिरहेको छ ।
विपतको समयमा शैक्षिक क्षति रोकथाम गर्न तथा न्युनिकरण गर्न आकश्मिक शिक्षा योजना निर्माणमा सहजिकरण तथा सहायत प्रदान गर्ने कार्य पनि स्टीम अहेड परियोजनाको मुख्य कार्य भित्र रहेको र सोही बमोजिम ६ वटै स्थानिय तहले परियोजनाको प्राविधिक सहयोगमा आकश्मिक शिक्षा योजना निर्माण गरी र कार्यान्वयनको चरणमा रहेका छन् ।
किन आवास्यक छ बिद्यालयलाई आकश्मिक शैक्षिक सामग्री ?
आपत् वा विपद् भनेको भैपरी आउने असहज परिस्थिति भएकोले यस्तो परिस्थितिमा हाम्रो दैनिकी नै प्रभावित हुने गर्छ । मूलतः बालबालिकाहरूलाई मनोवैज्ञानिक रुपमा सहजता दिन सक्नु, परिस्थितिको समाना गर्दै सहज समायोजनाका मार्गहरू अवलम्बन गर्ने वातवारण सिर्जना गर्नु आपतकालीन शिक्षा योजनाको मुख्य ध्येय हो ।
विपतको समयमा आपतकालीन शिक्षा योजना निर्माण गरी सम्भावित शैक्षिक क्षतिलाई न्यूनिकरण गर्न सक्नु पर्दछ । आपतकालीन शिक्षा भनेको आपतकालिन अबस्थामा शैक्षिक क्षति कम गर्ने, सिकाइ निरन्तरताको बन्दोबस्ती मिलाउने कार्य हो । विपतको समयमा विशेष गरी कोभिढ १९ को समयमा बालबालिकाको सिकाइ क्षती धेरै भएको थियो ।
त्यस्तै खाले विभिन्न विपतहरु आउदा वालवालिकाहरुको सिकाइ निरन्तरतामा ब्रेक लाग्ने तथा बालबालिकाहरुको शिक्षा प्रतिको अभिरुचि पनि क्रमश घट्दै जाने भएकाले विपतको अबस्था र प्रभाव हेरेर उनीहरुको सिकाइ निरन्तरता दिन आबश्यक योजना तयारी गरी कार्यान्वयन गर्नुपर्दछ ।
कुन कुन स्थानीयतहमा प्रदान गरियो बिद्यालयलाई आकश्मिक शैक्षिक सामग्री ?
विपतको समयमा शैक्षिक क्षति रोकथाम गर्न तथा न्युनिकरण गर्न आकश्मिक शिक्षा योजना निर्माणमा सहजिकरण तथा सहायत प्रदान गर्ने कार्य पनि स्टीम अहेड परियोजनाको मुख्य कार्य भित्र रहेको र सोही बमोजिम ६ वटै स्थानिय तहले परियोजनाको प्राविधिक सहयोगमा आकश्मिक शिक्षा योजना निर्माण गरी र कार्यान्वयनको चरणमा रहेका छन् ।
हाल आकश्मिक शिक्षा योजना निर्माण र पारित पश्चात स्टीम अहेड परियोजना मार्फत ५० वटा बिद्यालयमा विपतको समयमा आबश्यक हुने विभिन्न शैक्षिक सामग्री, स्टेचर तथा प्राथमिक उपचार किड प्रदान गरिरहेको छ ।
आपतकालिन अबस्थामा सिकाइ सहजिकरणका लागि अत्यावश्यक सामग्रिहरु जस्तै त्रिपाल, स्टेचर, मार्कर, न्यूज प्रिन्ट, रजिष्टर, फेविकोल, डिटोल, बाल्टी, जग, प्राथमिक उपचार किड, मास्किगं टेप लगायतका सामग्रिहरु सिकाइ सहजिकरणका लागि प्रदान गरिएको छ ।
त्रिपुरासुनदन्दरी नगरपालिकाकाका १६, ठुलीभेरी नगरपालिकाका ११, काइके गाउँपालिकाका ७, छाकाताङसोङ गाउँपालिकाका ७, डोल्पोबुद्ध गाउँपालिकाका ३ र शेफोक्सुण्डो गाउँपालिकाका ६ वटा बिद्यालयहरुमा उल्लेखित शैक्षिक सामग्रिहरु वितरण गरिनेछ । आकश्मिक शिक्षा योजना र बिद्यालयका शिक्षकहरुको सल्लाह सुझावका आधारमा शैक्षिक सामग्रिहरु खरिद गरी वितरण गरिएको हो ।