सृजना संरक्षणको लागि सृजना भन्ने नाराका साथ दुनैस्थित बोडिङ स्कुलले आफ्नो ३१ औ बार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ ।
जिल्लाको शैक्षिक उन्नयनको क्षेत्रमा महत्वपुर्ण भूमिका खेल्दै आएको दुनै बोडिङ स्कुलले ३१ औ बार्षिकोत्सब तथा अभिभावक दिवस विविध कार्यक्रम गरेर सम्पन्न गरेको हो ।
बार्षिकोत्सब उद्घाटन पुर्व बोडिङ स्कुलका संस्थापक तथा परिकल्पनाकार अंगद कुमार हमालको तस्वीरमा माल्यर्णपण गरेर सम्झना गरिएको थियो ।
विद्यालयका बालवालिकाले सृजना गरि वनाइएका विभिन्न चित्रहरु समेत कार्यक्रमस्थलमा प्रर्दशन गरिएको थियो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चाँद हमालको अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सब कार्यक्रममा प्रस्तुत गरिएका अधिकाँश सांस्कृतिक झलकहरुमा शिक्षा संस्कारयुक्त र ब्यवसायिमुलक हुनु पर्नेमा जोड दिइएको थियो ।
कार्यक्रमका विशेष अतिथि तथा प्रमुख जिल्ला अधिकारी तुलसि प्रसाद दाहालले डोल्पा जस्तो विकट जिल्लामा शैक्षिक गुणस्तरमा टेवा पु्रयाउने उद्देश्यले स्थापना भएर अगाडि बढिरहेको बोडिङ स्कुलले सरकारकै शैक्षिक लक्ष्यलाई पुरा गर्न सहयोग गर्ने बताउनु भयो ।
भाषा माथिको ज्ञानलाई मात्र ठूलो मान्नु नहुने उल्लेख गर्दै नेपाली भाषा र असल संस्कारी ब्यवसायि शिक्षा प्राप्ती गर्नु महत्वपुर्ण रहेको प्रजिअ दाहालले बताउनु भयो ।
बोडिङ स्कुलले अनावश्यक रुपमा स साना बालवालिकालाई गहु्रुँगो झोला बोकाएर पीडा दिने गरेको र त्यसबाट मुक्त गराउने तर्फ स्कुलले विशेष ध्यान पुर्याउन आवश्यक रहेकोमा उहाँको जोड थियो ।
नयाँ प्रविधिको विकाससंगै भित्रिएको मोवाइल मार्फत संचालन हुने सामाजिक सन्जालले बालवालिकाको सृजनाशिलता लगायत गुणस्तरीय शैक्षिक विकासमा ह्रास आउने गरेकाले अभिभावकले विशेष ध्यान पुर्याउन आवश्यक रहेकोमा उहाँले जोड दिनु भयो ।बार्षिकोत्सबको अवसरमा शैक्षिक सत्र ०७९।०८०मा भएको बार्षिक परीक्षामा कक्षा नर्सरी देखि कक्षा ८ सम्म पहिलो दोस्रो र तेस्रो स्थान हासिल गर्ने बालवालिकालाई विभिन्न विधागत पुरस्कार प्रदान गरिएको थियो ।
प्रमुख अतिथि श्यामबहादुर रुोकाया विशेष अतिथि प्रमुख जिल्ला अधिकारी तुलसि प्रसाद दाहाल नागरिक समाजका अध्यक्ष शेरबहादुर बुढा उध्योग बार्णिज्य संघका अध्यक्ष लालिमान बुढा बबिकिशाेर गुरुङ र नेकपा माओवादी कर्णाली प्रदेश कमिटि सदस्य ओमेन्द्र केसी र सरस्वती माद्यामिक विद्यालय दुनैका प्रधानाध्यापक सत्यनारायण सिंह लगायतले पुस्कार वितरण गर्नु भएको थियो ।
विद्यालयमा अहिले तीन सयको हाराहारीमा बालवालिकाहरु अध्यायनरत छन भने १८ जना शैक्षिक जनशक्तिले विद्यालयको शैक्षिक उन्नयनमा प्रभावकारी भूमिका निर्वाह भइरहेको विद्यालयका प्रधानाध्यपक लोकेन्द्र जैसीले जानकारी दिनु भयो ।