विष्णुप्रसाद देवकोटा
डोल्पा, असोज ८ । विश्व रेविज दिवस २०८२ को अवसरमा हिमाली जिल्ला डोल्पामा रेविजविरुद्धको सप्ताहव्यापी खोप कार्यक्रम जारि छ । जिल्ला पशु सेवा कार्यालयका अनुसार असोज ६ गतेदेखि १२ गतेसम्म साताव्यापी रूपमा कुकुरलाई रेविजविरुद्धको खोप निःशुल्क लगाइने गरिएकाे छ ।
जिल्लावासीलाई आफ्नो घरपालुवा वा पालेका कुकुरलाई नजिकैको पशु सेवा कार्यालयमा ल्याई खोप लगाउन आग्रह गरेको गरिएकाे कार्यालय प्रमुख डाक्टर साजन राेकायाले बताए । रेविज रोग मानिस र जनावर दुवैका लागि घातक हुने भएकाले यस खोप अभियानलाई गम्भीरताका साथ लिन सर्वसाधारणमा आग्रह गरिएको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार रेविज संक्रमित जनावरको टोकाइपछि मानिसमा समेत प्राणघातक असर पुर्याउने भएकाले यसलाई रोकथाम गर्ने सबैभन्दा प्रभावकारी उपायकाे रुपमा खोपलाई लिइन्छ ।पशु सेवा कार्यालयका प्राविधिकहरूले खोप अभियानले जिल्लामा रेविज संक्रमणको जोखिम न्यून गर्ने विश्वास व्यक्त गरेका छन्।

डोल्पा न्यूज । ८ आश्विन २०८२, बुधबार १३:३५