डाेल्पान्युज डेक्स
डाेल्पा।आजकाे दिन भाद्र ७ गते शनिबार बिहान ११:१५ बजेसम्म औंसी रहने र त्यसपछि भाद्र शुक्ल प्रतिपदा सुरु हुने भएकाले यो दिन गोकर्ण स्नान–दान र पिताको मुख हेर्ने दिनका रूपमा मनाइनेछ।
वैदिक हिन्दु परम्परा अनुसार यो अवसरमा गंगामागई मन्त्र उच्चारण गरी माटोले स्नान, टिका धारण, जप–पूजा गरी कुशको महिमा सम्झिँदै दक्षिणतिर ढल्किएको कुशको पूजा गर्ने चलन पनि छ। शास्त्रअनुसार कुश भगवान नारायणको रोमबाट उत्पन्न भएकाले यसको स्पर्शले पाप नाश भई कल्याण हुने विश्वास छ।
पं. बालमुकुन्द देवकोटाका अनुसार कुश औषधीय गुणले सम्पन्न छ । दुधमा हाल्दा दुध फाट्दैन, रक्तपित्त, मृगौला पत्थरीजस्ता रोगमा उपचारका रूपमा प्रयोग हुन्छ। श्राद्ध, यज्ञ र पूजामा कुश अनिवार्य मानिन्छ।
यस दिन जीवित पिताको सम्मान,मुखामुख गरेर मिष्ठान्न भाेजन लुगालत्ता सन्तानले बाबुलाई किन्नदिने प्रचलन छ ।यसैगरी दिवंगत पिताको स्मृतिमा पितृकार्य (श्राद्ध) गर्ने परम्परा रहेको छ। शास्त्रमा पितालाई आकाशजस्तो विशाल हृदय भएको र सन्तानको लागि जीवनभर आशीर्वाद दिने देवस्वरूप मानिन्छ। आमा–बुबाको कष्टको ऋण छोराछोरीले सयौं वर्ष सेवा गरेर पनि तिर्न नसक्ने उल्लेख पाइन्छ।

डोल्पा न्यूज । ७ भाद्र २०८२, शनिबार ०६:४७