विष्णुप्रसाद देवकोटा
पालिका मातहतका बिद्यालयमा स्थानीय पाठ्यक्रम लागु गर्ने जगदुल्ला गाउँपालिका जिल्लामा दाेर्स्राे गाउँपालिका भएकाे छ ।
गाउँपालिकाले सबै विद्यालयमा आफ्नै स्थानीय पाठ्यक्रम लागु गरेको छ ।जगदुल्ला गाउँपालिकाको स्थानीय पाठ्यक्रम कक्षा १-३ को सार्वजनिक, प्रवोधिकरण र वितरण विशेष कार्यक्रमकाे आयाेजना गरि पाठ्यक्रम लागू गरिएकाे घाेषणा पालिकास्तरवाटै गरिएकाे हाे ।यसअघि मुड्केचुला गाउपालिका डाेल्पाले कक्षा १ देखि ८ सम्मकाे पढाइ हुने गरि स्थानीय पाठ्यक्रम लागू गरिसकेकाे छ ।
जगदुल्ला गाउँपालिका डोल्पाले आधारभूत तह कक्षा १-५ को स्थानीय पाठ्यक्रम निर्माणमा स्थानीय विकास तथा पाठ्यक्रम विज्ञको भूमिकामा रही योगदान पुर्याए वापत रणबहादुर कार्कीलाई अविर टीका र खादाले पालिकाले सम्मान समेत गरेकाे छ ।
स्थानीय पाठ्यक्रम निर्माण मात्र नभएर बालविवाह रोकथामका आ. व. २०८५/८६ सम्म बालविवाह न्यूनीकरण गर्ने सम्वन्धी आवधिक रणनीति योजना निर्माणमा सम्बन्धमा समेत कार्कीले रचनात्मक प्रत्यक्ष सहभागीता छ ।
गाउपालिकाकाे सम्मानबाट आफुलाई सामाजिक क्षेत्रमा काम गर्नका लागि नयाँ उत्साह र हौसलाका साथै थप प्रेरणा मिलेकाे बताउनु भयाे ।
आजको आधुनिक शिक्षाको स्वरुप नै आफू र आफू बसेको वरपरको परिवेश, प्रथा र प्रचलनले नै अन्य ज्ञानको दायरा बृद्धिमा सहजता र सहयोग हुने भएकोले पालिकाको आवश्यता, विषयवस्तु र स्थानीय विज्ञताको सहयोगमा राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ र स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्यन मार्गदर्शन २०७६ अनुसार यो पाठ्यक्रम तयार गरी कार्यान्वयनमा ल्याइएको हाे ।
पाठ्यक्रम निर्माण कार्य जति महत्वपूर्ण छ, कार्यान्वयन पक्ष अझ महत्वपूर्ण भएकोले विद्यालयमा शिक्षक र विद्यार्थी मार्फत सफल कार्यान्वयन गरी विद्यार्थीहरुमा व्यावहारिक ज्ञान, सिप र सोको प्रयोग हुने दृढ विश्वास गरिएको पालिका अध्यक्ष नारासि राेकायाले बताउनु भयाे ।
गाउँपालिका भित्र रहेका आधारभुत तहको कक्षा १ देखि ५ सम्म जगदुल्ला गाउँपालिका नामको स्थानीय पाठ्यक्रम निर्माण गरि लागु गरिएको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख गोपाल बुढाले जानकारी दिनुभयो ।
पाठ्यक्रमले स्थानीय भेषभुषा,कला सँस्कृति,रहनसहन,पर्यटन, जीवनशैली लगायतका विविध पक्षलाइ समेट्नुका साथै पुराना कला सँस्कृतिलाई संरक्षण,सम्भावनाको पहिचान तथा प्रवर्द्रनमा महत्वपुर्ण भुमिका खेल्ने बुढाको भनाइ छ ।
पाठयक्रमको साप्ताहिक पाठ्यघण्टा ५ र बार्षिक कार्यघण्टा १६० र पुर्णाङ्क १०० रहेको बताइएको छ ।जगदुल्ला गाउँपालिकामा ६ ओटा आधारभुत र २ ओटा माध्यामिक विद्यालय गरि ८ ओटा सामुदायिक विद्यालयहरु रहेका छन ।
कार्यक्रम भर्चुअल र भौतिक उपस्थितिमा आयोजन गरी गाउँपालिका अध्यक्ष नारासिं रोकायको अध्यक्षता, जिल्ला समन्वय समित प्रमुख श्यामबहादुर रोकायाको प्रमुख आथित्यता, शिक्षा विकास तथा समन्वय इकाइ दलबहादुर बस्नेत, सामाजिक विकास कार्यालय डोल्पाको प्रमुख धनबहादुर शाही र गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीको भर्चुअल उपस्थितिमा भएकाे थियाे ।
यसैगरी कार्यापालिका सदस्यहरु विव्यस, शिअसका अध्यक्ष, प्रधानाध्यापकहरु, बुद्धिजीवी, महिला र आमा समुह, कर्मचारी र अभिभावकहरुको भौतिक उपस्थिति थियाे ।
जगदुल्ला गाउँपालिका डोल्पाले शैक्षिक सत्र २०८० मा निर्माण गरी शैक्षिक सत्र २०८१ सालबाट गाउँपालिकामा रहेको ६ ओटा आधारभुत र २ ओटा माध्यमिक गरेर ८ वटा सामुदायिक विद्यालयमा कार्यान्वयनमा ल्याएको हामी र हाम्रो जगदुल्ला गाउँपालिका नामक आधारभूत तह कक्षा १–५ को स्थानीय विषयको पाठ्यक्रम २०८१ साउन १२ गते शनिबारका दिन प्रवोधिकरण गरी वितरण गरिएकाे हाे ।