विष्णुप्रसाद देवकोटा
डाेल्पा,कात्तिक २३ गते ।डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिकाकाे त्रिपुराकाेट स्वास्थ्य चाैकीमा संचालित निशुल्क विशेषज्ञ स्वास्थ्य शिविरको पहिलाे दिनमा ९ सय ४४ जनाकाे स्वास्थ्य परीक्षण भएकाे छ ।
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना तथा त्रिपुरासुन्दरी नगरपालिका डोल्पाको समन्वयमा २ दिने शिविर सञ्चालनमा छ ।
शिविरमा आँखा, कान, घाँटी, नाक, हाड जोर्नी, लगाएतका विरामीहरुले स्वास्थ्य परीक्षण गराएका छन ।
त्रिपुरासुन्दरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख तुलबहादुर श्रेष्ठले पहिलाे दिनमा ९ सय ४४ जनाकाे स्वास्थ्य परीक्षण भएकाे बताउनु भयाे ।
उहाँका अनुसार स्वास्थ्य परीक्षण गराएका मध्य सबैभन्दा बढी हाडजोर्नी तथा नशा सम्बन्धिका विरामी २ सय २३ जनाकाे परीक्षण भएकाे छ ।
यसैगरी आँखा सम्बन्धिका २ सय २१ जनाकाे ओपिडी भएकाे छ ।स्वास्थ्य शाखा प्रमुख श्रेष्ठका अनुसार निशुल्क माेविन्दुकाे शल्यक्रिया शिविर सहित अन्य स्वास्थ्य सम्बन्धि चेकजाँच सेवा समेत संचालनमा छ ।
त्रिपुरासुन्दरी नगरपालिका , नेपाल रेडक्रस सोसाइटी, तिलगंगा आँखा अस्पताल, सुर्खेत आँखा अस्पतालको आर्थिक तथा प्राविधिक सहयोगमा तथा नेपाल रेडक्रस डोल्पा शाखा दुनै र उपशाखा त्रिपुराकोट डोल्पाको आयोजनामा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया आँखा शिविरको समेत संचालनमा रहेकाे हाे ।
स्वास्थ्य सेवा निर्देशक डाक्टर रविन खड्काकाे नेतृत्वमा डाक्टर सुशीला समदर्शी डाक्टर संजाेग शिवाकोटी डाक्टर जागृति खनाल डाक्टर गणेश तिवारी डाक्टर लक्ष्मीनारायण तिवारी र डाक्टर तेजेन्द्र अधिकारी सहितकाेविशेषज्ञ चिकित्सककाे टाेलिबाट स्वास्थ्य परीक्षणका साथै उपचार भइरहेकाे छ ।शिविरकाे पहिलाे दिनमा विभिन्न राेगका ९० जनाकाे भिडियो एक्सरे समेत गरिएकाे छ ।
निशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा बढीभन्दा बढी नागरिकले स्वास्थ्य सेवा लिन सकुन भनेर कात्तिक ९ गतेदेखि त्रिपुरासुन्दरी नगरपालिकाका एघार वटै वडामा स्वास्थ्यकर्मी परिचालन गरि आंखाका विरामीकाे छनाैट तथा अन्य राेगका विरामीकाे लागि शिविरमा आउन सहज हाेस भनेर घरदैलोमा पुगेर प्रचारप्रसार समेत गरिएकाे थियाे ।