ताजा समाचार

डोल्पाको त्रिपुरासुन्दरी ०५ मा शान्तिपुर्ण रूपमा मतदान, २९६ जनाले गरे मतदान !

पुर्ण सार्की/ डोल्पा न्युज 

मंसिर १६, डोल्पा 

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५ मा पर्ने ल्हाँमा मतदान अन्तिम चरणमा पुगेको छ ।

चिसोले गर्दा प्रतिनिधि र मतदाताहरु ढिलागरिमात्र मतदान स्थलमा पुगेपछि सात बजेदेखि सुरुहुने मतदान प्रक्रिया सुरुहुन ढिलाई भै ८ बजेर २० मिनेटमा मात्र सुरु भएको थियो । मतदान प्रक्रिया शान्तिपुर्ण हिसाबमा सुरु भएको र हालसम्म २९६ मत खसेको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले जानकारी दिनु भयो।

वडा अध्यक्ष पदकालागि सुरु भएको मतदानमा नेकपा माओवादी केन्द्रबाट नरबहादुर झाँक्रिा,नेपाली काँग्रेसबाट राजेन्द्र प्रसाद न्यौपाने र नेकपा एमालेबाट नरबहादुर रोकाय उम्मेद्धार बनेकाछन् ।

एकिकृत समाजबादीबाट ज्वती घर्तीले उम्मेद्धारी दिएपनि उनले उम्मेद्धारी फिर्ता लिएर माओवादी केन्द्रका उम्मेद्धार घर्तीलाइ सघाउने बताइसकेकीछन् ।

उक्त वडामा कुल मतदाताको सङ्ख्या ३ सय ५३ रहेको छ भने तीन सय हाराहारीमा मात्र खस्ने अनुमान गरिएको छ । मतदाता प्रक्रिया अन्तिम चरणमा पुगेपनि साझ ०५ बजे सम्म मतदान स्थल खुल्ला रहने प्रजीअ महतले बताउनु भयो ।

यस पटकको निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एमाले बिच कडा प्रतिष्पर्धा हुने देखिएको छ ।एकिकृत समाजवादीले समेत माओवादीका उम्मेद्धारलाइ सघाउने घोषणा गरेपछि माओवादीका उम्मेद्धार निर्वाचित हुन सक्ने आँकलन समेत गरिएको छ ।

अघिल्लो पटक सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित वडाध्यक्ष नन्दलाल रोकायको कार्यकाल अगावै मृत्यु भएपछि सोही पदकालागि निर्वाचन सुरु भएको हो ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!