डोल्पा न्युज/सुर्खेत। कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले राउटेलार्इ देखाउने काम भएको तर उपयोग हुन नसकिरहेको बताएका छन्। वीरेन्द्रनगरमा आयोजित जलवायु परिवर्तनले राउटे समुदायमा परेको असर/प्रभाव सम्बन्धी कार्यक्रममा बोल्दै उनले राउटे समुदायद्वारा निर्माण भएका कोशी, मधुस जस्ता सामाग्री ललितकलाको लागि प्रदर्शनी र बजारीकरण गर्न सके सही उपयोग हुने बताए।  
जङ्गलमा फिरन्ते राउटे समुदायले जलवायु परिवर्तनका कारण विभिन्न जोखिमहरूसँग सामाना गरिरहेको बताए। उनिहरूका लागि गाउँ, समुदाय, सरकार र सरोकारवाला निकायहरूले योजनाबद्ध कार्यहरू गर्नुपर्ने सुझाव दिए। 
साथै, राउटेलार्इ मादक पदार्थ सेवन जस्ता कुलतमा लाग्न नदिन सबैले गम्भिर बन्नुपर्ने धारणा राखे। स्वास्थ्य र शिक्षामा गम्भिर हुन ध्यान केन्द्रीत गर्दै राउटे समुदायमा भएको मूर्त र अमूर्त सम्पदाको संरक्षण गर्दै पुस्तान्तरण गर्न आवश्यक भएको बताए। 
राउटे समुदायको भाषा र उनिहरूले प्रयोग गर्ने लिपिहरूलार्इ अभिलेख गर्न आवश्यक रहेको जनाउँदै सोही अनुरूप प्रदेश सरकारले आगामी दिनमा योजनावद्ध कार्य गर्ने जानकारी दिए।

डोल्पा न्यूज । ३ चैत्र २०८१, आईतवार १२:२२