ताजा समाचार

फाेक्सुण्डाे ताल छेवैमा पुनर्निमीत थासुङ छाेलिङ गुम्बाकाे उद्दघाटन

विष्णुप्रसाद देवकोटा /लेख बुढा
पर्यटकीय महत्वले भरिपुर्ण फाेक्सुण्डाे तालकाे छेवैमा पुर्ननिर्माण गरिएकाे पाल शेनतेन थासुङ छोलिङ गुम्बाको विशेष कार्यक्रमका साथ उद्दघाटन भएकाे छ ।
शे फोक्सुण्डो गाउँपालिका वडा नं. ८ मा पर्ने याे गुम्बाकाे बैशाख २६ गते देखि २९ गते सम्म चारदिन सम्म संचालन भएकाे पुजा विधिद्वारा उद्दघाटन भएकाे हाे । ऐतिहासिक गुम्बा उद्दघाटनका अवसरमा स्थानीय भेषभुषा झल्कने सांस्कृतिक कला प्रस्तुति समेत गरिएकाे थियाे ।
फोक्सुण्डोको रिग्मो गाउँमा १० औं शताब्दी अघि स्थापना भएको पाल शेनतेन थासुङ छोलिङ गुम्बा हर्ट मन्त्र फाउन्डेसन र चेरी ब्रेडी लगाएतका विभिन्न निकायकाे आर्थिक सहयाेगमा गुम्बा पुननिर्माण गरिएकाे हाे ।
टेतोन छेवाङ छुल्ठिमले स्थापना गरेको यो गुम्बा रिग्मो समुदायको संरक्षण र जंगली जनावरको शिकार रोक्ने उदेश्य रहेको इतिहास अनुसार बुझिन्छ ।
पाल शेन्तेन थासुङ छोलिङ गुम्बा जिर्ण बन्दै गएपछि हर्ट मन्त्र फाउन्डेसन, चेरी ब्रेडी सहयाेग विभिन्न व्यक्ती विभिन्न दातृ संस्था स्थानीय बासिन्दा, खेम्पो साम्डुक निमा रिन्पोछे लगाएत अन्या टावा र च्होमोहरु संगको समन्वय सहकार्यमा सन २०२१ देखि पुन निर्माणकार्य सुरु गरिएको थियो ।
गुम्बाको मुल प्रतिमाको रुपमा बुद्ध तोन्पा शेन्राव मिवाोको नयाँ मर्ति गरिएको छ ।बैशाख २६ गते देखि २९ गते सम्म ५० भन्दा बढि लामा गुरुहरुबाट पहिलो,दोस्रो, तेस्रो दिन राब्ने वाङ पुजाआजा गरिएकाे थियाे भने अन्तिम चाैथाे दिन विभिन्न स्थानिय कला सांस्कृतिक भेषभुसा प्रर्दशन गरिएकाे थियाे ।
नेपालको गहिरो फोक्सुण्डो तालको किनारामै इतिहास बोकेको गुम्बा भएको हुदा पुन निर्माण पछि थप व्यवस्थीत हुनुका साथै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने विश्वास रहेको थासुङ छोलिङ गुम्बाका संयोजक गेसे लोडोइ छोग्लेगले बताए ।

पर्यटकलाई आकर्षित गर्नकाे लागि प्राकृतिक साैन्दर्यतासंग धार्मिक सांस्कृतिक पक्षलाई पनि संरक्षण तथा प्रचारप्रसार गर्न आवश्यक रहेकाे उनले बताए ।
पाल शेननतेन थासुङ छोलिङ गुम्बा पुन निर्माण पछि थप व्यवस्थित भएको र बुद्ध तोन्पा शेन्राव मिवोको नयाँ मर्ति स्थापना गरिएको हुदा धार्मिक पर्यटकको लागि पुग्नै पर्ने स्थल बनेको शे फोक्सुण्डो गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष निमा लामाकाे भनाई छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!