विष्णुप्रसाद देवकोटा
ललितपुरको भनिमण्डलमा जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै निर्णायक जनआन्दोलनको तयारी थालेको छ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा देशलाई संविधान र लोकतन्त्रको मार्गमा फर्काउन आन्दोलन अपरिहार्य भएको निष्कर्ष निकालिएको छ।
‘सरकारको संरक्षणमा भइरहेका ज्यादती र उल्टो गतिका विरुद्ध तथा विघटित प्रतिनिधिसभाको पुनःस्थापना गर्दै देशलाई संविधान र लोकतन्त्रको बाटोमा फर्काउन जनआन्दोलनको विकल्प नरहेको हाम्रो पार्टीको निष्कर्ष छ,’ प्रतिवेदनमा भनिएको छ।
त्यस क्रममा एमालेले संविधान र लोकतन्त्रको पक्षमा उभिने सबै राजनीतिक दल, संघ–संस्था र नागरिकलाई संयुक्त आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ।
एमालेको केन्द्रीय कमिटी बैठक आगामी असोज ३१ गतेसम्म चल्नेछ।

डोल्पा न्यूज । २९ आश्विन २०८२, बुधबार १४:५२